ताजा खबर

पोखरा रंगशालामा भौतिक संरचना निर्माण धमाधम हुदै

डि.एन.बी.
पोखरा २५, जेठ

कोरोनाको दोश्रो लहरका बाबजुत पोखरा रंगशालामा विभिन्न खेलकुदको भौतिक संरचना निर्माणको हुने क्रम जारी रहेको छ । कोरोनाको दोश्रो लहर सुरु भएसंगै पोखरा फुटवल स्टेडिएमको बाँकी रहेको निर्माण कार्य सुरु भएसंगै हाल क्रिकेट मैदान संरक्षण तथा बहुउद्धेश्य कवर्ड हलमा पार्केटिङ गर्ने काम सुरु भएको हो ।

नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी कोरोनाकालमै खेलकुदका भौतिक संरचना निर्माणका कामलाई धमाधम अघि बढाएको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले बताए । पोखरा रंगशालामा क्रिकेट मैदानको तारवार लगाउने र बहुउद्धेश्य कवर्ड हलमा पार्केटिङ गर्ने काम सुरु भएको उनले जनाए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउदो बर्षमा हुने भएकोले गर्दा रंगशाला सहित कास्की एवं प्रदेशका जिल्लाहरुमा विभिन्न खेलकुदको र्भौतिक निर्माणमा संरचना हाल बनाउन लागिएको सदस्य गुरुङले जनाए ।

क्रिकेट मैदानको इनर फेन्सिङको लागि हाल २५ लाखको बजेटको काम सुरु भएको पोखरा क्रिकेट मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल थापाले बताए । कोरोनाको समयमै आफुहरुले मजदुरहरुलाई आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरी काममा लगाएको उनले जनाए । नेपाल क्रिकेट संघ अन्र्तगत पोखरा क्रिकेट मैदानका क्यूरेटर प्रजीत राउतले क्रिकेट मैदानमा ३ सय मिटरको पर्खाल सहितको तारजाली लगाउने हुदा मैदानको अब संरक्षण हुने बताए । घाँस काट्ने मेसिन बिग्रिएका कारण हाल मैदानमा पलाइको घास समेत काट्न नपाएको उनले जनाए ।

राखेपको बजेटबाटै यस बर्ष पोखरा रंगशालाका केही बाँकी रहेका कामहरु सुरु भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । बहुउद्धेश्य सभाहलमा करिब ९० लाखको बजेटमा काम हुन लागेको उनले जनाए ।

पोखरा रंगशालामा हाल अन्तराष्ट्रिय स्तरको फुटवल स्टेडिएम निर्माणको अन्तिम चरणको काम जारी रहेको कम्पनीका प्रोजेक्ट म्यानेजर ई.दीपक बरालले बताए । कार्तिक भित्र उक्त रंगशालाको सबै काम सम्पन्न गरी राखेपलाई हस्तान्तरण गर्ने गरी हाल निर्माण कार्यलाई तिव्रता दिएको उनले दाबी गरे ।

१ अर्ब २८ करोडको पोखरा फुटवल स्टेडिएम निर्माणको काम हाल अन्तिम चरणमा पुगेसंगै पोखरामा अन्तराष्ट्रिय फुटवल प्रतियोगिताहरु संचालनको लागि अत्यावसेक फ्लटलाइट र स्कोरवोर्ड समेत अत्यावसेक भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले बताए । रंगशालामा फ्लटलाइट र स्कोरवोर्ड व्यबस्थापनको लागि राखेपमा बिषेश पहल गर्ने उनले जनाए ।

अखिल नेपाल फुटवल संघका केन्द्रिय उपाध्यक्ष कृष्ण थापाले पोखरामा सभा अर्ब बढीको बजेटमा पोखरा फुटवल स्टेडिएम बनेसंगै अन्तराष्ट्रिय रुपबाट मान्यता प्राप्त गर्न फुटवल चेङजिङ रुम देखि फ्लटलाइट स्कोरवोर्ड लगायतका कुरा आवश्यक हुने भएको बताए । फुटवल मैदान र प्यारापिट ठिक भएको बताएका उनले टेक्निकल वक्स, रेफ्रि रुम,अफिसियल वक्स, मिडियाहरुको लागि छुट्टै कक्ष लगायतका संरचना आवश्यक पर्ने थापाले बताए ।

 

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *