ताजा खबर

विवेकशिल साझा पार्टीले पोेखरामा खाद्य सामाग्री वितरण गर्यो

पोखरा २३, जेठ

विवेकशिल साझा पार्टी कास्की, कोभिड रेस्पोन्स टिम, पोखरा महानगर कमिटिको संयोजनमा पोखरामा रहात वितरण गरिएको छ । अपाङगता भएका १९ परिवार र सुकुम्बासी बस्तीमा रहेका ११ परिवारलाई सोमबार राहत स्वरुप खाद्य सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक कृष्ण भुजेलले बताए ।

कोरोनाले गर्दा पोखरामा समेत हाल निषेधाज्ञा भएको अबस्थामा अपाङगता भएका र सुकुम्बासी बस्तीमा केही घर परिवारमा खाद्य सामाग्री अभाव भएकोले आफुहरुले राहत सामाग्री वितरण गरिएको भुजेलले जनाए ।

खाद्य सामाग्री चामल, तेल, तरकारी, दालको साथमा जनही नगद ५ सय रुपैया समेत प्रदान गरिएको थियो ।

विवेकशिल साझा पार्टीले कास्किका अति बिपन्न ४५ परिवारलाई एक लाख चौध हजार बराबरको नगद र खाद्यन्न राहत सामfग्रि वितरण गरेको पोखरा महानगरका संयोजक अर्जुन खनालले जनाए ।

 

 

Related posts