ताजा खबर

असोज देखि पुम्दीकोटमा बिशाल महादेवको मुर्ति दर्शनार्थीको लागि खुल्ला गरिने 

दीननाथ बराल
पोखरा २२, जेठ

गण्डकी प्रदेशको राजधानि पोखराको नयाँ गन्तव्य धार्मिक एवं पर्यटकीय स्थल
बिशाल महादेव मुर्ति निर्माणको काम हाल दोश्रो चरणको कोरोनाको
महामारीमा पनि निरन्तर रुपमा जारी रहेको छ । पहिलो चरणको कोरोनाको
समयमा जस्तै यस बर्ष दोश्रो चरणको कोरोना महामारीमा पनि आफुहरुले
आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै बिशाल महादेवको मुर्ति निर्माण कार्यलाई
निरन्तरता दिदै आएको पुम्दीकोट कोट विकास समिति एवं बिशाल महादेव मुर्ति
निर्माण समितिका अध्यक्ष उद्योगपति चन्द्रकान्त बरालले बताए ।

आउदो असोज महिना देखि शिव एवं भगवान महादेवका भत्तहरुलाई दर्शन गर्न खुल्ला
गराउने गरी हाल भौतिक निर्माणको काम तिव्र पारिएको उनले बताए । उनका
अनुसार हाल दैनिक जसो करिब २०÷२५ जना मजदुरहरु उत्तः परियोजनामा संलग्न
भएका छन्।

करिब ८ महिना अघि भारतबाट ल्याइएको बिशाल महादेवको मुर्तिको विभिन्न
भागलाई भारतिय कालिगढहरुले लिफ्ट र क्रेनको सहायताले मुर्ति जडान गरेसंगै
मुर्ति रंग रोगनको काम हालै सम्पन्न भएको समेत अध्यक्ष बरालले जनाए ।
सिंहःआसनमा बसेको ५१ फिट अग्लो बिशाल महादेवको मुर्ति भारतको मथुरामा
बनाइएको हो । समितिले एक सय ८९ फिट अग्लो उक्त मुर्ति बनाउने तयारी गरे
पनि पोखरामा अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थल समेत निर्माणकै क्रममा भएकोले
हवाई रुटमा यस क्षेत्र पर्ने भएकोले त्यसको उचाई घटाइएको हो ।

हिल ट्याङक प्रा.लि.का प्रबन्ध संचालक उद्योगपति एवं समाजसेवी कमल जयनले अष्ट
धातु जडित फाइवर ग्लाँसको उक्त मुर्ति प्रायोजन गरेका हुन्। कोरोनाको
कारण मुर्ति स्थापनामा केही ढिलाई भएको अध्यक्ष बरालले हामीलाई बताए ।
कोरोना र देशको अबस्था हेरीकन आगामी असोज महिनामा उक्त मुर्तिको
औपचारिक रुपमा उद्घाटन गरी आम पर्यटक एवं भगवान शिवका भत्तहरुलाई दर्शनको
लागि खुल्ला गरिने तयारी स्वरुप हाल निर्माण कार्य तिव्र गतिमा भएको उनले
जनाए ।

हाल एक सय ८ स्वर्गद्धारी सिडी, अपाङक मैत्रि ढलान बाटो, कार्यालय भवन सहितको
टिकट काउण्टर र सौचालयको भवन समेत निर्माण भई रहेको अध्यक्ष बरालले बताए
। पोखरामा एक दिनको पर्यटकको बसाई अवधि लम्वाउने उद्धेश्यले स्थापना गर्न
लागिएको उक्त मुर्ति जडान भएसंगै समितिले पहिलो चरणको काम पश्चात पुनः
दोश्रो चरणको काम बर्षेनी चरणबद्ध ढंगले गर्ने भएको छ ।

 

Related posts