ताजा खबर

विश्व वातावरण दिवसमा तुलसी खेती

समाचारकक्ष
पोखरा २२, जेठ

विश्व वातावरण दिवसको अवसरमा पोखरामा तुलसी खेत गर्न सुरु गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको सहकार्यमा “खाद्य हरीयाली सहर कार्यक्रम” अन्तर्गत पोखरा महानगरपालिका ३३ (साविक भरतपोखरीमा) तुलसी खेती गर्न सुरु गरिएको हो ।

उक्त कार्यक्रममा बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीका अध्यक्ष केशवराज लम्सालले तुलसीको बिउ छरेर कार्यक्रमको उद्दघाटन गर्दै मानव स्वास्थ्यको लागि तुलसीको धेरै महत्व भएको दाबी गरे । साना ठूला गरेर तिन वटा टडेंलमा दुई किलो तुलसीको बिउ छरेको उनले जनाए । बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको सेवा क्षेत्रका करीव दुई सय घरलाई प्रति घर ५० वोटा तुलसीका बिरुवा बितरण गर्ने र उहाँहरुलाई तुलसी खेती प्रति आकर्षण गरिने भएको लम्सालले बताए ।

विश्व वातावरण दिवस वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामुलक कार्यक्रम गरी नेपालमा पनि यो दिवस मनाइदै आएको पाइन्छ । संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ । मानव जाति आँफु बस्दै आएको वातावरणको सर्जक र विनाशक दुवै रहेकाले वातावरण संरक्षण्मा मानवको भूमिका महत्वपूर्ण छ । यहि कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्य सहित दिवस मनाइन्छ ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *