
समाचारकक्ष
पोखरा २१, जेठ
कास्कीका चार वटै गाँउपालिकालाई अक्सिजन कन्सन्टेटर सहयोग हस्तान्तरण गरिएको छ । काठमाण्ठौंको वोधि सत्वा विहार र सामाजिक अभियान्ता शान्त शर्माको बिषेश सहयोगमा कास्कीका चार गाँउपालिका माछापुच्छ«े रुपा, अन्नपूर्ण र मादी गाउँपालिकालाई ५÷५ लिटर क्षमताको अक्सिजन कनसन्टेटर मेसिन सहयोग हस्तान्तरण गरिएको पोखरा संयोजक एवं पत्रकार दीननाथ बरालले बताए ।
शुक्रबार माछापुच्छे« गाउँपालिका बाहेक तीन वटा गाउँपालिकालाई जनही अक्सिजन कन्सन्टेटर सहित स्वास्थ्य सामाग्रि (अक्सोमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन लगायत) एक काटुन, सेनिटाइजर २० लिटर, ह्याण्डवास, टुवाइलेट क्लिनर र फिनेल ५÷५ लिटर, स्प्रे मेसिन लगायतका स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको संयोजक बरालले बताए । नेपाल पत्रकार महासंघ कास्कीको परिसरमा संयोजक बराल, पोखराका युवा व्यवसायी श्याम शेरचन, पत्रकार नारायण कुइकेलले मादी गाउँपालिकाका अध्यक्ष वेद बहादुर गुरुङ, रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारी, स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको हो । कास्कीमा पनि अक्सिजन अभाव भएको अबस्थामा आफुहरुले अक्सिजन कन्सन्टेटर सहितको स्वास्थ्य सामाग्री प्राप्त गर्दा ठुलो राहत प्राप्त भएको महशुस भएको मादी गाउँपालिकाका अध्यक्ष गुरुङले जनाए ।
कोरोनाको यो महामारीमा आफुहरुले प्राप्त गरेको स्वास्थ्य सामाग्री लक्षित बर्गलाई उचित ढंगले प्रयोग गर्न दिने रुपा गाउँपालिकाका प्रमुख ओझाले बताए । अधिकाशं बजार केन्द्रित सहयोग आएको अबस्थामा आफ्नो गाँउलाई समेत सम्झेर सहयोग गरेकोमा सहयोगी संस्थालाई उनले धन्यवाद समेत प्रदान गरे । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारीले प्राप्त स्वास्थ्य सामाग्रि आफुहरुको लागि ठुलो राहत भएको बताए ।
यसैबिच, शुक्रबार सृजनशिल अपाङगता सरोकार समिति (पि.आर.टि.)लाई औषधी सहयोग गरिएको छ । समितिलाई प्यान्टो प्राजोल, कप सुरक, भिटामिन बि कम्प्लेक्स, सिटामोल, साइनेक्स लगायतका एक काटुन औषधी वितरण गरिएको संयोजक बरालले जनाए । समितिका अध्यक्ष फडिन्द्र प्रसाद पौडेलले हाल आफुहरुलाई औषधिको साथमा खाद्य सामाग्री अत्यावसेक भएको गुनासो गरे । हाल आफुहरुलाई करिब ७० जनाको लागि खाद्य राहत सामाग्री आवश्यक परेको बताए । आवश्यक खाद्य सामाग्री उपलब्ध गराउन हाल पहल गरेको बरालले जनाए ।
स्मरणरहोस विहिबार पोखरामा तीन वटा सामुदायिक अस्पताललाई जनही ५÷५ वटा अक्सिजन कन्सन्टेटर सहितको स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । पोखरा महानगरपालिका वडा नम्बर २२ को स्वास्थ्य चौकी देखि गण्डकी प्रदेशको शंक्रामक तथा सरुवा रोग अस्पताल सहित केही संघ संस्थालाई करिब ३० लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको बरालले जनाए । काठमाण्डौंबाट उक्त सामान पोखरा ल्याउन गाडीको प्रबन्ध भने वाल सामाजिक अभियान्ता प्रिन्सा रेग्मीले गरेकी थिइन्।