स्थानिय श्रोत साधन प्रयोग गरेर खेल मैदान निर्माण गर्नः राखेप सदस्य गुरुङको सुझाव

डि.एन.बी.
पोखरा १९, जेठ

पोखरा महानगरपालिका २३ स्थित वाम्दीमा खेल मैदान निर्माण कार्य सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदबाट वाम्दीमा हाल सेभेन ए साइड फुटवल मैदान सहितको भौतिक संरचान निर्माणको लागि १० लाख आउने भएसंगै आफुहरुले खेल मैदान निमार्ण कार्यमा जुटेको वाम्दी खेल मैदान निर्माण उपभोत्ता समितिका सचिव प्रेम प्रसाद पराजुलीले बताए ।
कोरोनाको कारण पोखरामा हाल निषेधाज्ञा जारी भएको अबस्थामा पनि खेल मैदान गर्ने अभियानमा आफुहरु लागेको उनले जनाए । पोखरा २३ को वडा कार्यालयसंगै रहेको उक्त खेल मैदान निर्माणले पोखरा २३, पोखरा २४ का धेरै युवा लाभान्वित हुने भएको सचिव पराजुलीले बताए । हाल सेभेन ए साइड फुटवलको मैदान सहित केही भाग कटिङ गरी पर्खाल लगाउने भएको उनले जनाए ।

यसैबिच, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले उक्त क्षेत्रमा खेल मैदान आवश्यक भएको बताउदै गण्डकी प्रदेशको राजधानिमा आगामी बर्ष हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको कुनै एक खेल संचालन गर्न सकिने समेत बताए । आफुहरु हाल कोरोनाको आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै खेलकुदका भौतिक संरचनालाई निरन्तरता दिएको उनले जनाए । उनले भने “ आउदो बर्षमा हामीले नवौं राष्ट्रिय खेलकुद पोखरा सहितको क्षेत्रमा केन्द्रित हुने गरी गर्ने हुदा खेलकुद मौदान र खेलकुदको भौतिक संरचनालाई अब धमाधम निर्माण गर्नु पर्छ । ”स्थानिय श्रोत साधनलाई प्रयोग गरेर खेल मैदान सहित पर्खाल निर्माण गर्न उनले सुझाव दिए ।

पोखरा २३ का वडा अध्यक्ष बिष्णु प्रसाद पराजुलीले पोखराको मुख्यबजार देखि अब वडा कार्यालयसम्म पिच सडक हुने भएकोले गर्दा उक्त क्षेत्रमा खेलमैदान निर्माण गर्न सके धेरै युवाहरु लाभान्वित हुने दाबी गरे । जिल्ला खेलकुद
िवकास समितिका सचिव भिम पराजुलीले खेल मैदानको अभावमा बाम्दीका युवाहरु फेवातालको माफिल्लो भाग फेवाफाँटमा खेल्न जाने गरेको बताए । वाई यू के कन्स्ट्रक्सनले उक्त खेल मैदान निर्माणका लागि माटो कटानमा र माटो व्यबस्थापनमा सहयोग गरेको छ ।

Related posts