ताजा खबर

अक्सिजन प्लान्ट स्थापनार्थ भिन्तुना क्लव मार्फत समेत रकम आउने क्रम जारी

डि.एन.बी.

पोखरा १९, जेठ

बतास फाउण्डेशन को सक्रियातमा सुरु भएको अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानमा पोखराको भिन्तुना क्लवले समेत सहयोग संकलन गर्न थालेसंगै क्लवमा रकम संकलन हुने क्रम जारी रहेको छ ।

उक्त अभियानलाई सफल पार्न पोखरा—१, मोहोरियाटोल निवासि सम्झना बज्राचार्यको पुण्य स्मृतिमा एक लाख १ हजार ५ रुपैया सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।

कोभिड—१९ महामारी मा समयमा उपचार नपाएर तथा अक्सिजनको कमिका कारण धेरै मानिसले ज्यान गुमाउनु परेको दुःखत घडिमा सम्झना बज्राचार्यको स्मृति उनकाा श्रीमान रबिन्द्रमान बज्राचार्य , छोरी सिना ,दृष्टि र छोरा अनुश बज्राचायबाट उक्त रकम प्राप्त भएको भिन्तुना युवा क्लव का अध्यक्ष राजन श्रेष्ठ बताए ।

सामुदायिक अस्पताल पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा स्थापना हुने उक्त अभियानलाई थप सहयोग गर्न आफुहरुले सहयोग संकलन कार्यलाई जारी राखेको उनले जनाए । हालसम्म क्लव मार्फत करिब २ लाख ५० हजार रुपैया उक्त अभियानको लागि संकलन भएको अध्यक्ष श्रेष्ठले जनाए ।

Related posts