समाचारकक्ष
पोखरा १९, जेठ
गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल जीवनले आम जनताको टाउकोमा ऋण भार बढायर सरकारले अयास अपाङगता, ज्येष्ठ नागरिकको भक्ता बृद्धि गर्नु उचित निर्णय नभएको बताएका छन्। गण्डकी प्रदेश सभाको प्रि बजेट छलफल कार्यक्रममा मंगलबार सदनमा बोल्दै सांसद बरालले आफ्ना छोरा छोरी र नाति नातिनीहरुको टाउकोमा राज्यको ऋण भार बढायर आफुहरुको भक्ता बृद्धि गर्न माग नगरेको बताएका हुन्।
३ बर्षको अन्तरालमा ८ खर्बको ऋणभार बढेर प्रति नेपालीको टाउकोमा ५० हजारको ऋणभार भएको अबस्थामा आत्म निर्भर हुने सिप र व्यवहारिक ज्ञान भन्दा सरकारले सस्तो लोकप्रियताको लागि असाय अपाङग र ज्येष्ठ नागरिकको भक्ता बृद्धि गरेको उनको भनाई थियो । शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउन सरकार लाग्नु पर्ने उनको भनाई थियो ।
उनले भने “प्रदेशमा सरकारले समिक्ष गरे अघि बढ्नुपर्ने अबस्था आएको छ, यसको गम्भिर समिक्ष गर्नुपर्छ, केन्द्र सरकार लाचार छ, केन्द्रको छायामा प्रदेश सरकार परेको छ । ”
देश हाल दुई धुर्वमा धुर्विकरण भएको दाबी गरेका सांसद बरालले एउटा धुर्व संघिय लोकतान्त्रिक सांसन प्रणाली र संविधानको रक्षा गर्न हिडेको अर्को धुर्व संविधानलाई मुर्छित पार्न र म नभई यो देश नै चल्दैन भन्र्दै सेटिङमा सत्ता कब्जा गर्ने अशंवैधानिक कदम चालेको आरोप लगाए ।
राज्य प्रणाली अनुसारको अर्थ प्रणाली जरुरी भएको बताएका सांसद बरालले राज्य प्रणाली अझै पनि एकात्मक सोचबाट अघि बढेकोले अर्र्कोे तर्फ जनताको अपेक्षा र शहिदहरुको सपन पुरा हुन नसकेको दाबी गरे ।
राज्यका सासकहरु देश प्रति जवाफदेही नहुदा मुलुकमा जनअपेक्षाकृत विकास निर्माण हुन नसकेको दाबी गरेका उनले जसले गर्दा सुखि नेपाली समृद्धि नेपालको नारा नारामै सिमित हुने ठोकुवा गरे ।
सांसद बरालले भने “ अहिलेको यो प्रदेश सरकार असंवैधानीक सरकारलाई कुनै पनि सुझाव दिन आवश्यक देख्दिन यसमा मेरो कुनै सुझाव छैन्। ”