
डि.एन.बी.
पोखरा १८, जेठ
हिमाली सांस्कृतिक परिवारका अध्यक्षम एवं संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको छ । करिब दुई साता अघि कोरोना शंक्रमण निको भई घर फर्कियका संस्कृतिकर्मी गुरुङको मुटुमा थप समसया देखा परेसंगै सोमबार फिस्टेल हस्पिटल गैह्रापाटनमा भर्ना भएका उनको उपचारकै क्रममा आज(मंगलबार) राति १ः०० बजे निधन भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।
नेपाली लोक संस्कृतिको क्षेत्रमा उल्लेखनिय योगदान पुराउदै आएका गुरुङको निधनले समग्र नेपाली सांस्कृतिक क्षेत्रमा अपूर्ण क्षेति भएको संस्कृतिकर्मी तिर्थ श्रेष्ठले बताए । संस्कृतिकर्मी श्रेष्ठले भने “ मेनकाजीलाई मैले धेरै पहिला देखि चिन्दै आएको थिए, उहाँ मिलनसार, सांस्कृतिक क्षेत्रमा आफु मात्र संलग्न नभई अन्य धेरै व्यक्ति तथा संस्थाहरुलाई समेत प्रभाव पार्ने खुबि भएको व्यक्ति हुनुहुन्थ्यो । ”
डाँफेकला मन्दिरबाट आफुले गुरुङलाई चिनेको बताएका श्रेष्ठले लोकनृत्यको प्रोत्सावन गर्ने, विभिन्न जातिको कला संस्कृतिकको प्रबद्र्धन गर्न गर्ने जस्तै छ्याडु, घाँटु सोह््रठीको प्रबद्र्धन गर्न उहाँको ठुलो योगदान रहेको संस्कृतिकर्मी श्रेष्ठले बताउनु भयो । गण्डकी प्रदेश राजधानि पोखरा र यस प्रदेशका विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा लोक संस्कृतिको प्रबद्र्धन गर्दै आएका गुरुङले पु¥याएको योगदानलाई पोखरेलीले कहिले नभुल्ने श्रेष्ठले बताए ।
संस्कृतिकर्मी श्रेष्ठको समयमै मुटुको शल्यकृया गर्न नसक्दा कोरोना पछि फोक्सोमा निमोनियाको कारण निधन भएको हुन सक्ने उपचारमा संलग्न बरिष्ठ फिजिसियन डा. वसन्त ताम्राकारले बताए । गुरुङको पहिला देखि मुटुमा समस्या भएकोले पहिलाने शल्यकृया गर्नुपर्नेमा कोरोना शंक्रमण भएसंगै कोरोना निको भए पनि कोरोनाकै कारण फोक्सोमा निमोनिया भएको हुदा उपचारकै क्रममा उनको निधन भएको उनले जनाए ।
गुरुङकी श्रीमती मीना गुरुङको पनि वैशाख ३० गते कोरोना संत्रmमणका कारण निधन भएको थियो । पोखरा नयाँगाउँ निवासी मेनकाजीका एक छोरा र एक छोरी रहेका छन्। उनको अन्तिम दाह संस्कार गर्ने तयारी समेत गरिएको पारिवारीक श्रोतले जनाएको छ ।