समाचारकक्ष
पोखरा १६, जेठ
नेपाली फुटवल टिमका पूर्व राष्ट्रिय खेलाडी एवं सहारा क्लव हङकङका बरिष्ठ उपाध्यक्ष बिल तामाङको १३ औं दिनको पुण्यतिथीमा हङकङमा आज (आइतबार) श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ । सहारा क्लब हङकङ, तामाङ घेदुङ हङकङ, एल.जी.संगम परिवार हङकङ र नादा समाज हङकङको संयुक्त आयोजनामा पूर्व राष्ट्रिय खेलाडी एवं उपाध्यक्ष तामाङले खेलकुद र सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रशंसा गर्दै आइतबार श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।
सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङले तामाङले आफ्नो खेलाडी जीवनमा खेलकुदमा पुराउन नसकेको बाँकी काम प्रशिक्षक बनेर देखाउने लक्ष्यका साथ एएफसी ए लेवलको प्रशिक्षण लाइसेन्स लिन नेपाल गएको समयमा निधन भएकोले आफुहरु निकै मर्माहित भएको बताए । उनले भने “ हामीले भौतिक रुपमा तामाङलाई गुमाय पनि उहाँले देखाएको बाटो हामीले अनुसरण गर्दै उहाँले समाजमा पुराएको योगदानलाई हामी सधै स्मरण गर्ने छौं । ” कार्यक्रममा सहारा क्लव हङकङका पूर्व प्रमुख सल्लाहकार तुल्सी गुरुङ, महासचिव कुमार गुरुङले तामाङले खेलकुद तथा सामाजिक क्षेत्रमा पुराएको योगदानको चर्चा गरेका थिए ।
यसैबिच कार्यक्रममा अखिल नेपाल फुटवल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधर र एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पेश गरेको शोक सन्देस पढेर सुनाइएको थियो । सहारा एकेडेमीका पहिलो फुटवल प्रशिक्षक तामाङले फेन्डस, आरसिटि, जनकपुरचुरोट कारखाना लगायका संस्थाबाट फुटवल खेलेका थिए । सहारा क्लव पोखराका आजिवन सदस्य पोखरा संगम टोल निवासी ४६ बर्षीय तामाङको निधनले सहारा क्लवलाई समेत ठुलो क्षेति पुगे
को क्लवले जनाएको छ ।