ताजा खबर

कोरोना बिरुद्धको खोपको लागि २६ अर्ब, पोखरा विमानस्थललाई आउदो बर्षमा संचालन हुने गरी साँढे ८ अर्ब बजेट

दीननाथ बराल
पोखरा १५, जेठ

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आउदो बर्षमा निर्माण कार्य सम्पन्न गरेसंगै संचालन गर्ने सरकारले जनाएको छ । अर्थमन्त्री बिष्णु पौडेलले शनिबार आर्थिक बर्ष २०७८÷०७९ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरामा निमार्णाधिन अबस्थामा रहेको पोखरा विमानस्थलको बाँकी काम पुरा गरेसंगै आउदो बर्ष देखि नै पोखरा विमानस्थल संचालनको लागि बजेट विनियोजन गरिएको बताए ।

विमानस्थलकोे बाँकी काम सम्पन्न सहित आगामी बर्ष देखि विमानस्थल संचालनको लागि सरकारले ८ अर्ब ५० करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरेका छन्। त्यसै गरी बजेटले पोखराको फेवाताल वरिपरि वातावरणमैत्रि साइकल सर्किट निर्माण गर्ने, पोखरा रंगशालाको निर्माण हुन बाँकी काम पूरा गर्न आवश्यक बजेट विनियोजन गरेको मन्त्री पौडेलले जनाए । यी दुई शिर्शकमा बजेट कति विनियोजन भएको भनेर रकम भने खुलाएनन्।

सिद्धार्थ राजमार्ग र कोहलपुरा—सुर्खेत राममार्गलाई डेडिकेड डबल लेनमा स्तरोन्नती गर्न ७ अर्ब विनियोजन गरिएको पौडेलले जनाए । उक्त बजेटमा पृथ्बी राजमार्गको नागढुंगा मुग्लिन खण्डको स्तरोन्नति र आवुँखैरेनी—पोखरा खण्ड चार लेनमा विस्तार गर्न ७ अर्ब २७ करोड विनियोजन भएको छ । बजेटले पृथ्बीराजमार्ग र भूमि सेरचन राजमार्गमा समेत सडक स्तरउनन्ती गर्ने भएको छ ।

त्यस्तै बजेटले ज्येष्ठ नागरिकलाई मासिक एक हज ार बृद्धि गरी ४ हजार पुराएको छ ।
कोरोना बिरुद्धको खोप व्यबस्थापन गर्नको लागि सरकारले २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको मन्त्री पौडेलले जनाए ।

अक्सिजन प्लान्ट स्थापना गर्न निजी तथा सामुदायिक अस्पताललाई ५० प्रतिशत अनुदान, स्वथ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ ।

Related posts