पोखरामा दुई दिन भएको कोरोना बिरुद्धको दोश्रो चरणको खोप अभियानमा ७ सय ९३ जनालाई खोप लगाइयो 

डि.एन.बी.

पोखरा १४, जेठ

पोखरामा दुई दिन भएको कोरोना बिरुद्धको दोश्रो चरणको खोप अभियान अन्र्तगत ७ सय ९३ जनालाई खोप लगाइएको छ । पोखरा महानगरपालिकाको शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र, नयाँबजार पोखरामा विहिबार र शुक्रबार लगाइएको दोश्रो चरणको खोप अन्र्तगत २ सय २० जना महिला सहित ७ सय ९३ जनालाई कोभि—शिल्ड लगाइएको पोखरा महानगरका जनस्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए । 

५ सय ७३ जना पुरुषले दोश्रो चरणको कोरोना बिरुद्धको खोप लगाएका हुन्। केन्द्रमा जेठ १३ गते ४ सय ५५ जना र जेठ १४ गते ३ सय ३८ जनाले कोरोना बिरुद्धको खोप लगाएका हुन् । गत फागुन २३ गते भन्दा अघि पहिलो चरणमा कोरोना बिरुद्ध खोप लगाएकाहरु मध्य दोश्रो चरणमा उक्त खोप प्रदान गरेसंगै बाँकी रहेका केहीको दोश्रो चरणको पुनः केही समय पश्चात खोप लगाइने भएको आचार्यले जनाए ।  

उनका अनुसार पोखरामा अझै फागुन २३ गते पछि पहिलो चरणमा कोरोना बिरुद्ध २९ हजार जनाले खोप लगाएका छन भने अब उनीहरुलाई खोपको व्याबस्था हुन साथ खोल लगाइने जनाए । पछिल्लो समयमा पहिलो कोरोना बिरुद्ध खोपको १२ देखि १६ हप्तासम्म लगाउन उपयुक्त हुने भएको जनस्वास्थ्य अधिकृत आचार्यले जनाए ।

केन्द्रमा डा.जोस्नी गुरुङको नेतृत्वमा टोलीले दिन भरी जसो बर्षादको समयमा पनि खोप लगाएको थियो । कोरोना बिरुद्ध दोश्रो चरणको खोप लगाउनेहरु उत्साह पूर्ण रुपमा सहभागि भएको डा.गुरुङले जनाइन् । 

Related posts