ताजा खबर

अक्सिजनको अभावमा मृत्यु भएकोमा सांसद बरालको गम्भिर ध्यानआकर्षण 

समाचारकक्ष

पोखरा १४, जेठ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा अक्सिजनको अभावनमा सुत्केरी सहित ७ जनाको मृत्यु भएको घटना प्रति गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले गम्भिर ध्यानआकर्षण गराएका छन्। मानव स्वाथ्यको लागि अति आवश्यक पर्ने अक्सिजन उपयुक्त ढंगले प्रतिष्ठानले व्यबस्थापन गर्न नसक्दा एकै रातमा सुत्केरी सहित ७ जना बिरामीको मुत्यु भएको घटना प्रति आफ्नो गम्भिर ध्यानआकर्षण भएको सांसद बरालले ध्यानआकर्षण भएको जनाएका छन्।

सामुदायिक अस्पतालमा व्यबस्थापनको कमजोरीका कारण उक्त घटना भएकोमा दुःख समेत व्यक्त गर्दै सांसद बरालले आगामी दिनमा स्वास्थ्य जस्तो सम्बेदनशिल बिषयमा अस्पताल प्रशासनलाई गम्भिर हुन उनले शुक्रबार जारी गरेको ध्यानआकर्षण वक्त्तव्यमा उल्लेख गरेका छन्। केही दिन अघि गण्डकी प्रदेशको राजधानि पोखरामा प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सवैदलिय बैठकमा गण्डकी प्रदेशमै भेन्टिलेटर, अक्सिजन, सहित आईसियू वेडको कुनै अभाव नहुने भनेर बिफ्रिङ गराए पनि विहिबार राति अक्सिजन अभावले गर्दा तनहुँ, पर्वत, म्याग्दी लगायतका जिल्लाका बिरामीले ज्यान गुमाउनु पर्ने अबस्था आएकोले त्यसको सम्पूर्ण जिम्मा सरोकारवालाहरुले लिनुपर्ने सांसद बरालको भनाई रहेको छ ।

 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त बैठकमा भने बमोजिमको काम व्यवहारमा नभएको सांसद बरालको दाबी रहेको छ । प्रतिष्ठान, प्रदेश सरकार, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय समेत स्वास्थ्य जस्तो बिषयमा गम्भिर हुदै भोलिका दिनमा यस्ता घटना पुनः नदोहो¥याउन सांसद बरालले गम्भिर ध्यानाआकर्ष गराएका छन्।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *