ताजा खबर

गण्डकी प्रदेश सरकारको बजेटसक्ता टिकाउने र बजेट ल्याउने तयारीमा प्रदेश सरकार

डि.एन.बी.
पोखरा १३, जेठ

सक्ता टिकाउने र बजेट ल्याउने तयारीमा अल्पमतमा परेको गण्डकी प्रदेश सरकार रहेको छ । प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले विश्वासको मत लियर मात्र बजेट ल्याउनु पर्ने अबस्था रहेको छ भने प्रि बजेटको लागि १५ दिन छलफल गर्नको लागि यही जेठ १६ गते देखि सदन सुरु हुने भएको छ ।

प्रदेश प्रमुख सिता कुमारी पौडेलले वैशाख २९ गते पुनःप्रदेश सभामा ठुलो दलको नेता भएको हुनाले मुख्यमन्त्रीमा नियुत्ति गरे पनि यही जेठ २७ गते भित्र विश्वासको मत ३१ जना सांसद आफ्नो पक्षमा पार्दै बजेट ल्याउनु मुख्यमन्त्री गुरुङलाई यति वेला निकै कसरतमा लागेका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रस का नेता कृष्णचन्द्र नेपाली सहितको ४ दलको गठबन्दनले मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव पेश गरेसंगै अविश्वसको प्रस्तावलाई फेस गर्न नसकी राजीनामा दियर बसेका गुरुङलाई एक महिना भित्र विश्वासको मत लियर आफ्नो सक्ता जोगाउन र बजेट ल्याउन निकै रस्सा कसी सुरु भएको श्रोतको दाबी छ । विश्वासको मत लिन र बजेट ल्याउने सन्दर्भलाई लियर गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन यही जेठ १६ गते आइतबार बोलाउन गण्डकी प्रदेस सरकारले प्रदेश प्रमुख सीता कुमारी पौडेल समक्ष सिफारिस गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यही जेठ २७ गतेभित्र विश्वासको मत लिनु पर्ने छ । बजेट ल्याउने भन्दा मुलतह १५ दिन अघि नै सरकारले अधिवेसन आव्हान गर्ने र प्रथामिकता र सिद्धान्तका आधारमा छलफल गर्ने नियम अनुसार आफुहरुले जेठ १६ गते सदन डाक्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । १६ गते देखि सदन सुरु हुने बताएका भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यबस्था मन्त्री समेत रहेका प्रवक्ता बस्नेतले १७ र १८ गते प्रि—बजेट सरकारको प्रथामिकता र सिद्धान्तको बिषयमा छलफल हुने त्यस पछि निती तथा कार्यक्रम र बजेट आउने भएको उनले जनाए । राजनीतिक रुपमा अस्थिरता भएको अबस्थामा मुख्यमन्त्री गुरुङले जेठ २७ गते भित्र विश्वासको मत लिने भएको प्रवक्ता बस्नेतले भनाई छ ।

सरकारले बजेटको बिषयमा तयारी समेत गरेको बताएका उनले कोभिड १९ तिव्र गतिमा फैलिएकोले यस बर्षको बजेट कोरोना शंक्रमण नियन्त्रण र रोकथाममै केन्द्रित हुने भएको जनाए । अहिलेको अबस्थामा कति पुल र सडकहरुका भौतिक पूर्वाधार भन्दा मानविय संवेदनशिलता तर्फ आफुहरु केन्द्रित भएको बस्नेतले जनाए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कागेंसका नेता कृष्णचन्द्र नेपालीले अल्पमतमा परेको सरकारले बजेट ल्याउने गरी तयारी गर्नु उचित नभएको प्रतिकृया दिए । उनले भने “ असर १ गते भित्र बजेट ल्याउनु पर्छ, त्यस अघि निती तथा कार्यक्रम पास गर्नु पर्ने हुन्छ, अहिलेको अल्पमतमा रहेको सरकारले पहिला विश्वासको मत लियर मात्र अन्य काम अघि बढाउनु पर्यो । ”राजनीतिक र कानुनी रुपमै कुनै पनि दृष्टिकोणबाट अल्पमतमा परेको सरकारले विश्वासको मत लिनद नसके मार्ग प्रशस्त गर्नुपर्ने उनले जनाए । यो अधिवेशनमा मुखमन्त्रीले विश्वासको मत लिन सकेनन भने अर्को सरकार गठन पनि सहज छैन । त्यसै गरी गण्डकी पनि मध्यावधिकै बाटोमा जाने बजेट समेत अध्यादेशबाट आउने सम्भावना रहेको छ ।

बजेट ल्याउने बिषयमा कर्मचारीहरु भने पूर्ण रुपमा तयारी अबस्थामा रहेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव राजकुमार केसीले बताए । आउदो बर्षको बजेटको लागि आफुहरुले पुष देखि नै विभिन्न ढंगले छलफल र राय सुझाव संकलन गर्दै आएको उनले जनाए । गत चैत्र महिना भित्र हरेक मन्त्रालयहरुलाई आफ्नो प्रथामिकता र आवश्यकताको आधारमा बजेट सिलिङ पेश गर्न आव्हान गरिएको उनले जनाए । यस बर्ष कोरोना केन्द्रिय बजेट निर्माण हुने भएको उनले जनाए । यस बर्ष करिब ७० प्रतिशत भन्दा बढी बजेट खर्च हुने सचिव केसीले विश्वास व्यक्त गरे । कोरोनाको कारण, कर्मचारीको पदपुर्ति, क्षमता विकास हुन नसकेको तथा बजेट अन्तिम महिनामै बढी खर्च हुने सिस्टमले गर्दा पनि १० महिनामा थोरै बजेट खर्च भएको उनले जनाए । यस बर्षको बजेट पनि जतिसक्दो धेरै जनताको हितको लागि आउने गरी तयारी भएको केसीले बताए । यस बर्ष केही मन्त्रालय समेत थपिएकोले अर्थ व्यवस्थापनमा केही चुनौती रहेको उनले जनाए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *