ताजा खबर

पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको निधन

डि.एन.बी.
पोखरा १३, जेठ

पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवं पोखराका सामाजिक व्यत्तित्व रमेश कर्माचार्यको निधन भएको छ । ६२ बर्षका कर्माचार्य काठमाण्डौं गएको अबस्थामा करिब तीन साता अघि कोरोना शंक्रमण देखा परेसंगै आज विहान उनको उपचारकै क्रममा निधन भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।

काठमाण्डौंको त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा भर्ना भएका स्वास्थ्यमा थप समस्या भए पनि निदान अस्पतालमा उनको उपचारकै क्रममा आज विहान ३ः२० बजे निधन भएको पोखरा उद्योग बाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले बताए । उनका छोरा र श्रीमतीलाई केही दिन अघि कोरोना शंक्रमण देखा परे पनि हाल नेगेटिभ नतिजा आएको पारिवारीक श्रोतले जनाएको छ ।

संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यको निधनले पोखरा उद्योग बाणिज्य संघ स्तब्ध भएको छ । संघका पुर्व अध्यक्ष कर्माचार्यको निधनको घटनाले आफुहरु निकै मर्माहित र निकै दुःखि भएको महासचिव बिजुक्छेले जनाए । मृतआत्मको चिर शान्तिको कामना गर्दै संघले श्रद्धान्जली सहित परिवारजनमा हार्दिक समवेदन समेत प्रकट गरेको छ । पोखरा उद्योग बािणज्य संघले विहिबार सोक विज्ञेप्ति समेत जारी गरेको छ ।

Related posts