एक हप्ता घरबाट बाहिर ननिस्कन वडा कार्यालयको अनुरोध
दीननाथ बराल
पोखरा १३, जेठ
पोखरा २२ (पुम्दी भुम्दी) स्थित चुत्रालका एक पुरुषको कोरोना शंक्रमणबाट मृत्यु भएको छ । चुत्रालका ४८ बर्षका पुरुषको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा आज विहान करिब ५ः०० बजे मृत्यु भएको स्थानिय देउकाजी गुरुङले बताए ।
उनका अनुसार शंक्रमित पुरुषकी आमा समेत कोरोनाको लक्षण देखा परी हाल स्वास्थ्यमा गम्भिर अबस्थामा पुगेकोले उपचारको लागि हाल पोखरा ल्याइएको छ ।
जण्डिस रोगबाट ग्रसित भएका पोखरा २२ का एक पुरुषको मृत्युको खबरले आफुहरु निकै दुखि भएको पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले बताए । पोखरा २२ पुम्दी भुम्दीमा हाल करिब ५० जना कोरोना शंक्रमितहरु भएकोले उच्च सर्तकता अपनाउन र अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन वडा कार्यालयले आग्रह गरेको छ ।
उनले भने “ हाम्रो गाँउमा पनि कोरोना शंक्रमण कसरी बढ्यो बढ्यो, अब यसमा रोकथामको लागि टोल विकास संस्था, क्लव तथा सम्पूर्ण घर परिवार र व्यक्तिहरु सचेत हुनु पर्यो, कम्तिमा एक हप्ता अनावशयक रुपमा घरबाट बाहिर ननिस्कन आग्रह गर्दछु । ”
केही समय अघि गरीएको पिसिआर परिक्षणबाट २१ जनामा र दोश्रो पटक ९२ जनाको नमुना परिक्षण लिदा ३३ जनामा कोरोना शंक्रमण देखा परेको पोखरा २२ स्थित पोखरा स्वास्थ्य चौकीका अहेब बिदुर रेग्मीले बताए । उनका अनुसार थप १० जनाको अझै रिपोर्ट आएको छैन।