ताजा खबर

कास्की कोरोनाले बढी प्रभावित मनाङमा मुत्युदर शुन्य, कास्कीमा मुत्युदर ५३ प्रतिशत

डि.एन.बी.
पोखरा, १२ जेठ

कास्की जिल्ला कोरोना शंक्रमण (कोभिड—१९) बाट गण्डकी प्रदेशका अन्य १० जिल्ला भन्दा सवै भन्दा बढी प्रभावित भएको छ । प्रदेशका ११ जिल्ला मध्य कास्कीमा कोरोनाको मृत्युदर ५३ रहेको छ भने मनाङमा मुत्युदर हालसम्म शुन्यमा रहेको छ ।

हिमालपारीको जिल्ला मुस्ताङमा कोरोनाको मृत्युदर १.०३ प्रतिशत रहेको छ भने कास्की पछि स्याङजामा मृत्युदर १४ प्रतिशत रहेको छ । हालसम्म कास्कीमा कोरोनाले गर्दा २ सय ६८ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञेप्तिमा जनाइएको छ ।

यो सङख्या अन्य प्रदेशका अन्य जिल्लाको तुलनामा अध्याधिक धेरै हो । त्यसै गरी कोरोनाबाट मुस्ताङमा ६, लमजुङमा १२, म्याग्दीमा २३, गोर्खामा २५, तनुहँमा ५८ जना, बागलुङमा ३१, पर्वतमा ३५, स्याङजामा ८१, नवलपरासी पूर्र्वमा ३८ जनाको मृत्यु भएको छ भने हिमालपारीको जिल्ला मनाङमा भने हालसम्म एक जनाको पनि मृत्यु भएको छैन्। प्रदेशमा हालसम्म कोरोनाले ५ सय ७७ जनाको ज्यान गएको छ । प्रदेशमा हाल १० जहार ७ सय ३९ जना कोरोनाका शक्रिय केस रहेकाछन भने ३७ हजार ९ सय ५४ जनामा शंक्रमण देखा परे पनि २६ हजार ६ सय ३८ जना निको भएको छ । पछिल्लो चौविस घण्टामा २ हजार २ सउय २३ जनाको कोरोना परिक्षण गर्दा १ हजार ७९ जनामा कोरोना शंक्रमण देखा परेको निर्देशनालयले जनाएको छ । होम आइसोलेसनमा हाल १० हजार ३ सय १२ जना रहेका छन् ।

कास्कीमा ४ सहित गण्डकी प्रदेशमा कोरोना शंक्रमणबाट पछिल्लो चौविस घण्टामा थप ७ जनाको मृत्यु भएको छ । प्रदेशको राजधानि पोखराको विभिन्न अस्पतालमा उपचार गर्दै गरेका कोरोनाका बिरामीहरुको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको अध्यावधिकमा उल्लेख गरेको छ ।

मुत्यु हुनेहरुमा स्याङ्जाका २ र लमजुङका १ जना रहेका छन् । पोखरा २६ का २९ वर्षीय पुरुषको सोमबार पोखराको मेडिप्लस अस्पतालमा उपचार क्रममा मृत्यु भएको छ भने पोखरा १२ का ७८ वर्षीय पुरुषले बुधबार होम आइसोलेसनमै ज्यान गुमाए ।

कास्कीको माछापुच्छे«े ३ का ८५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा बुधबार नै मृत्यु भयो भने मणिपालमै स्याङ्जा वालिङ ९ का ४८ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको निर्देशनालयले उल्लेख गरेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा १ का ४१ वर्र्षीय पुरुष र वालिङ ८ की ६० वर्षीया महिलाले मंगलबार मृत्यु भएको प्रतिष्ठानका कोभिड उपचार केन्द्रका संयोजक डा. शरदचन्द्र बरालले बताए । लमजुङको मध्यनेपाल नगरपालिका ४ की ८५ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा मंगलबार मृत्यु भएको छ ।

Related posts