ताजा खबर

मुस्ताङको थासाङका स्वास्थ्य चौकीलाई सहयोग

पोखरा, ११ जेठ।

हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा रहेका स्वास्थ्य चौकीलाई पोखरा स्थित नेलम्बो नेपालले मंगलवार स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ।

संस्थाका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले त्यहाँका समाजसेवी अभिनाश गौचनलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।त्यस अवसरमा पीपिइ १ सय थान, केएन ९५ माक्स पाँच सय पीस, सेनिटाइजर ३० लिटर, १ सय थान फेस शिल्ड, पाँच सय वटा हात धुने साबुन गरी कुल रु.२ लाख १० हजार बरावरका सामग्री प्रदान गरिएको हो।

सामग्री हस्तान्तरण गर्दै नेलम्बोका जनसम्पर्क अधिकृत भण्डारीले सम्बन्धित चौकीहरुमा छिटो भन्दा छिटो सामग्री पुग्ने विश्वास व्यक्त गर्दै संस्थाले गण्डकीका सबै जिल्लामा सक्दो सहयोग गर्ने बताउनुभयो।

सामग्री ग्रहण गर्दै गौचनले नेलम्बो नेपालले उपलब्ध गराएका सामग्रीहरु यथासक्य छिटो आफ्नो गाउँपालिकामा पु¥याउने प्रतिबद्घता जनाउनुभयो ।कोभिड १९ महामारीको यस विषम घडीमा आफ्नो गाउँपालिकालाई नेलम्बो नेपालले दोस्रो पटक सहयोग गरेको भन्दै उहाँले संस्थाको कार्य प्रशम्सा समेत गर्नुभयो।

चार वर्ष अघि स्थापीत नेलम्बोले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।जस अन्र्तगत पछिल्लो पटक अग्रपङतिमा खड्ने जनशक्तिलाई लक्षित गरी कोभिड १९ रोकथामका लागि स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गर्दै आईरहेको छ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *