ताजा खबर

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा बन्द भए पनि इमर्जेन्सिबाट पनि सेवा लिन सकिने

डि.एन.बी.

पोखरा ११, जेठ

पोखरा क्षेत्रको सवै भन्दा ठुलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान( पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा आज (मंगलबार) देखि ओपीडी सेवा बन्द भए पनि गम्भिर बिरामीको इमर्जेन्सिबाट समेत सेवा लिन सकिने भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको निर्देशन अनुसार प्रतिष्ठानको ओपीडी सेवा मंगलबार देखि ठप्प भएको बताएका प्रतिष्ठानका निर्देशक प्रा.डा.भरत बहादुर खत्रीले इमर्जेन्सि वार्ड बाट समेत गम्भिर प्रकारका बिरामीहरुको उपचार गर्न सकिने बताएका छन्।

यस अघि कोभिड उपचार केन्द्र सहित मेडिकल वार्डबाट समेत कोरोनाको उपचार गर्दै आएको प्रतिष्ठानले स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको निर्देशन अनुसार मंगलबार देखि ओपीडी सेवा बन्द गरे पनि तत्काल १० वेडको आइसुलेसन वेड थप गर्ने भएको छ । पहिलाको प्रि—आइसुलेसन वार्डलाई पुनः आइसुलेसन वार्डको रुपमा प्रयोग गरिने भएको निर्देशक प्रा.डा. खत्रीले जनाए । उनको पहलमा आज देखि इमर्जेन्सि वार्डमा एन्टिजेन परिक्षण समेत हुन थालेको छ । हरेक दिन विहान ९ बजे र दिउँसो २ बजे एन्टिजेन परिक्षण गर्ने जसले करिब ३० मिनेटमै नतिजा दिने दिदा सेवाग्राहीलाई सहज हुने प्रा.डा.खत्रीको भनाई छ । इमर्जेन्सिमा भर्ना भएकाहरुको पिसिआर परिक्षणको रिपोर्ट आउन दुई तीन दीन लाग्ने हुदा उनीहरुलाई अस्पतालमा व्याबस्थापन गर्नु पर्ने जसले गर्दा भिडभाड भएकोले गर्दा हाल उत्तः विधिबाट परिक्षण गर्दा कम भिडभाड र सेवाग्राहीलाई सहज हुने उनले जनाए ।

कोरोनाका बिरामी अझ थप बढी आएमा ओपीडी बाहेकका अन्य सेवाहरु समेत प्रभावित पारी सवै ध्यान कोभिडमा केन्द्रित हुने उनले जनाए । अन्य समयमा दैनिक चौध सय बिरामी ओपीडीमा आउने गरेकोमा कोरोनाको यो महामारीमा पनि प्रतिष्ठानमा दैनिक २ सय जना सेवाग्राहीहरु सेवा लिन आउन थालेको निर्देशक प्रा.डा. खत्रीले जनाए । हालै प्रतिष्ठानको निर्देशकमा नियुक्ति भएका निर्देशक प्रा.डा. खत्रीले आफ्नो वलबुताले भ्यायसम्म सेवाग्राहीहरुलाई गुणस्तरिय सेवा दिन आफुहरु कटिवद्ध भएको बताए ।

केही बिरामीलाई शंका लागेमा वा स्वास्थ्यकर्मीले कुनै शंका लागेमा समेत एन्टिजेनबाट नेगेभिट आएको व्यक्तिको पुनः पिसिआर परिक्षण समेत हुने व्यबस्था मिलाएको प्रा.डा. खत्रीले बताए । प्रतिष्ठानमा ओपीडीमा अन्य समयमा दैनिक १ हजार ४ सयसम्म सेवाग्राहीहरु आउने गरे पनि पछिल्लो यो कोरोनाको मामारीमा समेत दैनिक जसो २ सय जना सेवाग्राहीहरु आउने गरेको प्रतिष्ठानले जनाएको छ । संघिय सरकारको निगरानीमा रहेको प्रतिष्ठानलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्णरूपमा कोभिड–१९ का सङ्क्रमितको उपचार व्यवस्था गर्न निर्देशन दिन बमोजिम आफुहरु त्यस तर्फ केन्द्रित भएको प्रा.डा. खत्रीले बताए । बतास फाउण्डेसनका अध्यक्ष आनन्द बतासको सक्रियतामा पोखरामा नागरिक स्तरबाट प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रकृया अघि बढेसंगै मेसिन राख्ने ठाँउको लागि गृहकार्य गरेको उनले जनाए ।

प्रतिष्ठानले प्रेस विज्ञेप्ति जारी गर्दै प्रतिष्ठानमा सञ्चालनमा रहेको ओपिडी सेवा अर्र्कोे सूचना जारी नभएसम्मको लागि कोभिड केन्द्रिय उपचार केन्द्र हुने भएको छ । प्रतिष्ठानमा बुधबार देखि प्रि—आइसुलेसन कक्षमा थप १० वेड बृद्धि गरी कोडिभ उपचार केन्द्रको रुपमा विकास गरी बच्चा वार्डमा केही दिनमा थप ४० वेड थप्ने योजना रहेको प्रतिष्ठान कोभिड उपचार केन्द्रका संयोजक डा.शरदचन्द्र बरालले बताए । प्रतिष्ठानमा हाल दैनिक जसो ३ सय ६० वटा अक्सिजन ग्याँस सिलिण्डर खपत हुदै आएको उनले जनाए ।

Related posts