ताजा खबर

अनुमति विना फेवातालमा डोजर चल्यो

डि.एन.बी.

पोखरा १०, जेठ

रामसारमा सुचिकृत भएको विश्वकै ऐतिहासिक तथा पर्यटकीय स्थल फेवातालमा हाल अनुमति विना डोजर चलेको छ । पोखरा महानगरपालिकाको अनुमति विना पोखरा १८ स्थित खपौंदीको माछापोखरी नजिकैको ताल क्षेत्रमा डोजर चलेको स्थानियले राम बहादुर घर्ती क्षेत्रीले बताए ।

तालको क्षेत्रमा जथभावी रुपमा माछापालन देखि विभिन्न भौतिक संरचना बनाउनुले तालमा दोहन भएको उनले गुनासो गरे । उनले भने “ तालमा मापदण्ड परिपरितका भौतिक संरचना बन्नुले सरकार विना जस्तै भएको छ, तालको दिगो रुपमा कसैले पनि हालसम्म काम गर्न सकेका छैनन्। ” कोरोनाको महामारीले अधिकांश मानिसहरु आ—आफ्नो घर घरमा बसेका बेला पोखरा सहित कास्की क्षेत्रमा हाल निषेधाज्ञा जारी भएको अबस्थामा यही मौका छोपेर फेवातालमा मापदण्ड विपरित डोजर चलाउने उपर कारवाही गर्न स्थानियको माग रहेको छ । पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य पुष्पा घले पहारीले आफ्नो जग्गा सम्माउने भन्दै हाल डोजर चलाएकी हुन्। कृषि प्रयोजनको लागि हाल कामदार समेत पाउने भएकोले गर्दा जग्गा सम्माउन हाल डोजर लगाइएको उनले बताइन्। तपाई त वडा सदस्य फेवातालको भागमा खन्न खोर्सन पनि महानगरको अनुमति चाहिन्छ अनुमति लिनु भएन भन्ने हाम्रो प्रश्नमा उनले कृषि प्रयोजनको लागि कृषि ज्ञान केन्द्रबाट अनुमति लिएको दाबी गरिन्।

विगत ३÷४ दिन देखि वडा सदस्यको जग्गामा डोजर चल्दा समेत पोखरा महानगरपालिका र पोखरा १८ को वडा कार्यालय अनविज्ञ छन्। पोखरा महानगरका मेयर मानबहादुर जिसीले आफुहरुले अहिलेको अबस्थामा फेवातालको वरिपरि कसैलाई पनि डोजर चलाउने अनुमती नदिएको बताउर्दै के भएको त्यसको बारेमा बुझ्ने बताए । पोखरा १८ का वडा अध्यक्ष रण बहादुर थापा पनि आफ्ना वडामा डोजर चल्दा अनविज्ञे भएको जनाए । उनले भने “ फेवातालमा महानगरबाट अनुमति लिएको होला नी, खै मलाई थाहा छैन कसले र कहाँ डोजर चलाएको छ ।” पोखरा महानगरले कृषि कार्यक्रम अन्र्तगत प्रति रोपनी १५ हजारमा माछापोखरी बनाउन माछा पटेक क्षेत्र अन्र्तगत माछा पोखरी क्षेत्रमा लगानी गरेको महानगरका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले बताए । उक्त जग्गाबाट समेत माछा पालन गर्न लागि महानगरमा प्रस्ताव समेत आएको श्रोतको भनाई छ । महानगरले तालको क्षेत्र बाहेक किनाराको केही भागमा माछापालन गर्नको लागि प्रोत्साहन गरेको कडरियाले जनाए ।

ाभकोरोना महामारीको मौका छोपेर पहारीले अर्को व्यक्तिलाई माछा पालन गर्ने प्रयोजनको लागि ठुलो खाडल खनेको स्थानियले गुनासो गरे । शनिबारसम्म एउटा डोजर चलेकोमा आइतबार देखि दुई वटा डोजर चलेको हो । फेवातालको सिमाङकन तथा नक्साङकन समितिका संयोजक पुण्यप्रसाद पौडेलले तालको क्षेत्रमा व्यक्तिको जग्गा भए पनि हाल कुनै काम गर्न नपाइने बताए । उनले हाल तालको दुषित जग्गा पहिचानको अन्तिम चरणमा आफुहरु पुगेको समेत जनाए । करिब ३ हजार जनाको तालमा दुषित जग्गा रहेको उनले जनाए । कोरोनाको प्रकोप हलका भएर निषेधाज्ञा खुलेको हप्ता १० दिन भित्रमा दुषित जग्गाको बिषयमा प्रतिवेदन सार्वजनि गर्ने जनाए ।

Related posts