ताजा खबर

पोखरामा स्थापना गर्न लागिको अक्सिजन प्लान्ट अभियानलाई भिन्तुना क्लवले पनि साथ दिने

डी.एन.बी.
पोखरा १०, जेठ

बतास फाउण्डेशन को सक्रियातमा सुरु भएको अक्सिजन प्लान्ट स्थापना गर्न पोखराको भिन्तुना क्लवले समेत साथ दिने भएको छ । सामुदायिक अस्पताल पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा स्थापना हुने उक्त अभियानलाई थप सहयोग गर्न आफुहरुले समेत सहयोग गर्ने भएको भिन्तुना क्लवका अध्यक्ष राजन श्रेष्ठले बताए ।

क्लबले उक्त अभियान सफल बनाउन सकृय भुमिका खेल्ने भएको उनले जनाए ।

शिक्षा विद् कायस्थको स्मृतिमा १ लाख १२ हजार सहयोग

यसै बिच पोखरा ३, नदिपुर निवासि लक्ष्मि माया कायस्थ र छोरा द्वय सन्जिब कायस्थ तथा राजु कायस्थले शिक्षासेवी डा. राधेश्याम कायस्थको स्मृतिमा आर्थिक सहयोग प्राप्त भएको क्लवले जनाएको छ । कोरोनाको उपचार तथा अक्सिजनको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्दै कायस्थ परिवारबाट एक लाख २५ हजार ५ सय २५ रुपैया सहयोग प्राप्त भएको अध्यक्ष श्रेष्ठले जनाए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *