पोखरा ,जेठ ९
पोखरा चेम्बर अफ कमर्स कास्कीले कोरोना राहात अभियान अन्तर्गत एक व्यक्ति वा संस्था एक सिलिन्डर अन्तर्गत आर्थिक संकलन अभियान शुरु गरेको छ । सो संस्थाले कोरोना महामारीका कारण सृजित अक्सिजन सिलिन्डर अभाबका कारण पिडितहरुले अकालमा ज्यान गुमाउनु परेको अबस्थालाई मध्यनजर गरि अभियान शुरु गरेको हो । कमर्स कास्कीका अध्यक्ष किसान सुनारले आइतबार एक प्रेस नोट जारि गर्दै सो जानकारी दिएका हुन् । सुनारले सो अभियान अन्तर्गत कास्की जापान सम्पर्क मंचले सात लाख रुपैया बराबरको ५ ० वटा सिलिन्डर उपलब्ध गराइसकेको र आर्थिक सहयोग जुट्ने क्रम जारि रहेको जानकारी दिए ।
उनले प्रेस नोट मार्फत सिलिन्डर संकलन अभियानमा आर्थिक सहयोगको साथै चिकित्सकको प्रेस्क्रिप्सन बिना आफ्नो घर संस्था वा ग्यारेजहरुमा स्टक राखिएका सिलिन्डर हरु आफुहरुलाई उपलब्ध गराइदिन आग्रह गर्दै पिडित बिमारिहरुको उपचारमा महत्वपुर्ण योगदान दिनु हुन सम्पूर्ण ब्यबसायी तथा आम कास्कीबासीलाई अपिल गरेका छन् ।
आफ्नो घर एबम संस्थामा प्रयोगमा नआएका सिलिन्डर भएमा तुरुन्त फोन ९८५६०२८६२६ र९८५६०३४२५० वा संस्थाको जो कोहि पदाधिकारी वा सदस्य मार्फत हस्तान्तरण गर्न सकिने भन्दै मानबिय सहयोगमा जुट्न सबैलाई अपिल गरिएको कार्यक्रम संयोजक प्रेम सुबेदी बताए । संकलित सहयोग कास्कीका बिभिन्न स्थानीय तहलाइ एक हप्ता भित्र हस्तान्तरण गरिने योजना रहेको सुबेदीले जानकारी दिए ।
यसअघि पोखरा चेम्वर अफ कमर्स कास्कीले दोस्रो चरणको कोरोना माहामारी व्यवस्थापनमा पोखरा चेम्वरको सामाजिक उत्तरदायित्व अन्तर्गतः ूपोखरा चेम्वर हेल्प डेस्क स्थापनाू गरि कार्य प्रारम्भ गरिसकेको छ ।