डि.एन.बी.
पोखरा ८, जेठ
दोश्रो पटक संसद विघटनको बिरोधमा पोखरामा शनिबार राँके जुलुस प्रंर्दशन गरीएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्य रातमा संसद विघटनको कदम चालेरको बिरोधमा शनिबार नेपाल विद्यार्थी संघ (ने.वि.संघ) ले राँके जुलुस प्रर्दशन गर्दै बिरोध जनाएको हो ।
राष्ट्रपति भण्डारीले चालेको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले त्यसको बिरोधमा आफुहरु राँके जुलुस सहित सडकमा उत्र्रिएको ने.वि.संघका पूर्व केन्द्रीय सदस्य सरोज केसीले बताए । उनले भने “प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर लैजादै छन, त्यसको बिरोधमा हामी आन्दोलित भएका हौं, कोरोनाको महामारीमा आवश्यक स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै हामी बिरोधमा उत्र्रिका हौं । ” संसद विघटनाको मुद्धालाई लियर आफुहरु अब चरणबद्ध ढंगले आनदोलन गर्ने भएको कास्की मार्दी गाउँपालिकाका लेखा समिति संयोजक समेत रहेका नेता केसीले जनाए ।
पोखराको न्यूरोडमा नेविसंघका कार्यकर्ताले राँके जुलुस प्रर्दशन गरेसंगै केही मिनेटमै सुरक्षा निकायको ठुलो समुह आएसगै आन्दोलनकारीलाई धरपकट गर्न खोज्दा भागदौड मच्चिएको नेविसंघका अर्को पूर्व केन्द्रीय सदस्य भानु ढकालले बताए । वडा प्रहरी कार्यालय वैदामकी प्रहरी नायव उपरीक्षक (डिएसपी) चिनीमाया तामाङको नेतृत्वमा खटिएको टोलीले आफुहरुलाई हस्तक्षेप गर्न खोजेसंगै भागदौड मच्चिएको उनले जनाए ।
नेता ढकालले भने“ संसद विघटनाको बिरोधमा आज पोखराबाट सुरु भएको यो कार्यक्रम भोलिका दिनमा चरणबद्ध ढंगबाट देशभरी गर्ने छौं । ” राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराति संसद विघटन गरेर निरंकुश कदम पुनः दोहोराएकोमा उत्तः कदम बिरुद्ध शसक्त्त आन्दोलन गर्ने नेता ढकालले जनाए । यसैबिच माओबादी केन्द्रको भातृ संस्थाहरुले समेत आइतबार देखि संसद विघटनको बिरुद्धमा आन्दोलन गर्ने तयारी गरीएको एक नेता भोजराज पौडेलले बताए ।