ताजा खबर

पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामाग्री सहयोग

पोखरा, ७ जेठ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ट कन्सल्टेन्ट सर्जन सह प्रा.डा. अर्जुन आचार्य र समाजसेवी मिनाकुमारी गुरुङले नेपाल पत्रकार महासंघ कास्कीलाई शनिबार स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

कोरोना महामारीमा अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि डा. आचार्य र समाजेसवी गुरुङले छ हजार थान मास्क र १५ लिटर सेनिटाइजर नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको हो । डा. आचार्यले ३ हजार ५ सय मास्क र ५ लिटर सेनिटाइजर पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई हस्तान्तरण गरेका हुन् । डा. आचार्य पोखरा स्वास्थ्य विज्ञान निर्देशनालयका निःवर्तमान निर्देशक पनि हुन् ।

यसैगरि कास्की ल्वाङ घर भई हाल हङकङ निवासी गुरुङले प्रविण मर्सानी मार्फत सहयोग सामाग्री उपलब्ध गराएकी हुन् । गुरुङले उलब्ध गराएको २ हजार ५ सय मास्क र १० लिटर सेनिटाइजर मर्सानीले महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनालाई शनिबार नै हस्तान्तरण गरेका हुन् ।

डा. आचार्यले अहिलेको कठिन अवस्थामा पत्रकारहरुले अग्रभागमा खटिएर काम गर्नुपर्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सहयोग गरिएको बताए । नेपाल पत्रकार महासंघ, कास्कीकी अध्यक्ष विमला भण्डारीले डा. आचार्यलाई धन्यवाद दिदैं आगामी दिनमा महासंघको कुनै सदस्यलाई गाह्रो परेको खण्डमा चिकित्सीय सुझावको पनि अपेक्षा गरिन् ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *