खोपको व्यबस्था गर्न पोखराका पर्यटन व्यवसायीको माग

डि.एन.बी.
पोखरा ६, जेठ

सरकारले खोपको व्यवस्था गरेर नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न पोखराका पर्यटन व्यवसायीहरुले माग गरेका छन्। विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीको यो संकटको अवस्थामा राज्यको पहिलो दायित्व नागरिकको जीऊ ज्यानको रक्षा गर्ने भएकोले सरकारको ध्यान जनताको जीवन रक्षामा केन्द्रित हुनु पर्ने पोखरा क्षेत्रका पर्यटन व्यवसायीहरुले माग गरेका हुन्।

नेतृत्व आफू खोप लगाएर सुरक्षित भएपछि नागरीकको स्वास्थ्य प्रति गम्भिर नहुनु, स्वास्थ्य सामाग्री र औषधि ल्याउने जिम्मा पाएकाहरुले आर्थिक लाभमात्र सोच्नु, खोप खरीद गर्ने प्रक्रियामा अग्रसरता नदेखाउने जस्ता कतिपय क्रियाकलाप र समचारहरु देख्दा आमनागरिकमा उदासिनता छाएको पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषदले विहिबार प्रेस विज्ञेप्ति जारी गर्दै उक्त कुरा उल्लेख गरेको हो ।

परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईद्धारा जारी गरिएको विज्ञेप्तिमा स्वास्थ्यजस्तो संवेदनशील कुरामा सरकार कसरी मौन बस्न सक्छ भनेर प्रश्न समेत गरिएको छ । सरकारलाई खोप उत्पादक कम्पनी र मुलुकसँग कुटनीतिक पहल गरेर यथा सक्य छिटो खोप उपलब्ध गराउन तर्फ सरकारको ध्यानकार्षण गराइएको परिषदका अध्यक्ष भट्टराईले जनाए ।

महामारीले पर्यटन क्षेत्रलाई प्रत्यक्ष र दिर्घकालिन असर गर्ने निश्चित भएकोले पर्यटन क्षेत्रलाई सुरक्षित राख्न यस क्षेत्रका पर्यटन व्यवसायी कर्मचारी र मजदुरलाई खोप अनिवार्य लगाउन आवश्यक भएको परिषदले जनाएको छ । पर्यटन क्षेत्र सुरक्षित नभएसम्म देशको अर्थतन्त्र पनि कमजोर हुँदै जाने भट्टराईको भनाई छ ।

Related posts