ताजा खबर

पोखरा द्रुत गतिमा अक्सिजन प्लान्ट स्थापना गर्न समिति गठन

डि.एन.बी.
पोखरा ६, जेठ

बतास फाउण्डेसनको सक्रियतामा पोखरामा अक्सिजन प्लान्ट निर्माण अभियान सुरु भएसंगै त्यसलाई दु्रत गतिमा अक्सिजन प्लान्ट स्थापना गर्न समिति नै गठन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा निर्माण हुन लागेको अक्सिजन प्लान्ट जति सक्दो छिटो छरितो र पारदर्शी ढंगले स्थापना गर्न पनि समिति गठन गरिएको उक्त अभियानका अभियान्ता एवं बतास फाउण्डेसनका अध्यक्ष आनन्द बतासले बताए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अक्सिजन प्लान्ट स्थापनार्थ निर्माण समितिको अध्यक्षमा बतास फाउण्डेसन तथा यस अभियानका अभियान्ता युवा व्यवसायी आनन्दराज बतास रहेका भने समितिको संरक्षकमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीे रहेका छन्। समितिको कोषाध्यक्षमा अटोवेज प्रा.लि.का प्रवन्ध निर्देशक युवा व्यवसायी नारायण प्रसाद पौडेल र अन्य सदस्यहरुमा केसी ग्रुपका निर्देशक एवं यवा व्यवसायी किरण केसी, सेलवेज ग्रुपका प्रवन्ध निर्देशक सुशीलमान प्रधानाङग, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे, सुपरमादी हाइड्रोका अध्यक्ष पुष्पज्योती ढुंगाना र संचारकर्मी दीपेन्द्र श्रेष्ठ रहेको अध्यक्ष बतासले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ ।

बतास फाउण्डेसनको सक्रियतामा अक्सिजन प्लान्ट निर्माण अभियान सुरु भएसंगै हाल विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोग गर्दै आएका छन्। २५ लाख रुपैयाँ बिउ पुँजी राखेर फेस वुक स्टाटस हाल्दै पोखरामा अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानमा सहयोगको आव्हान गरेका बतासको सपना लगभग अब पुरा हुने बाटोमा पुगेको छ । उक्त अभियानमा हालसम्म ३ करोड ३३ लाख ८९ हजार ५१ रुपैयाको प्रतिबद्धता आइसकेको अध्यक्ष बतासले बताए । उक्त अभियानको लागि ग्लोवल आइ.एम. इर्. बैंकमा खोलिएको खातामा हालसम्म १ करोड ५१ लाख ७ हजार ६ सय ४० रुपैयाँ जम्मा भएको उनले जनाए ।

करिब ५ करोड रुपैयाँ लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने लक्ष्य राखिएकोमा थप सहयोग रकम आउने क्रम जारी रहेको उनले जनाए । यदि कसैले उक्त अभियानलाई सफल पार्न न्यूनतम एक सय देखि सहयोग गर्न सकिने भएको छ भने ग्लोवल बैंको खाता नम्बर ६५०१०१००००४७७ रहेको छ । आफुहरुले प्रति दीन १ सय ५० ग्याँस सिलिण्डर उत्पादन हुने गरी र थप स्वास्थ्य सामाग्रि जोहो गर्ने लक्ष्यका साथ ५ करोड संकलन गर्ने लक्ष्य राखेको बताउले बताए । यस अघि बतासको अगुवाईमा करोडौंको विभिन्न योजनाहरु सम्पन्न भएको उनको दाबी छ ।

 

 

Related posts