
पोखरा ,6 जेठ
तीन दिन अघि मात्रै कोरोना संक्रमण बाट छुट्कारा पाएका गण्डकी प्रदेश सभा सदस्य राजिब पाहारी कोरोना संक्रमितको हेरचाह र सेवामा जोड्तोडका साथ लागि परेका छ्न। हिजो मात्रै संक्रमितहरुलाइ एम्बुलेन्सको ब्यबस्थापनमा जुटेका पहारी आज उनिहरुको लागि खाना तथा भोजन ब्यबस्थापनमा जुटेको उनको सचिबालयले जनाएको छ।
बिरामीहरुलाइ भोजनको ब्यबस्थापन गर्न उनी पोखरा महानगरपालिका वडा न ३ण् मा अबस्थित गण्डकी प्रदेश सरकारले संचालन गरेको सक्रमीत तथा सरुवा रोग अस्पतालमा पुगेका हुन। उक्त अस्पतालमा उपचारत सम्पुर्ण बिरामिहरु लाई दस दिनको लागि खाना,खाजाको ब्यबस्थापन गरिएको उनले जानकारी दिए। सो अभियानमा खाना खाजा ब्यबस्थापन सहयोग नमस्ते सामुदायिक प्रतिष्ठान नेपाल र यसका संस्थापक अध्यक्ष भिष्मराज पौडेलले तथा जर्जियाका लागि नेपालका पर्यटकिय सद्भभाब दुत दिपक पहारि एबम उनको परिबारले गर्ने जनाइएको छ।
अहिलेको माहामारिमा बिरामिहरुलाइ उपचार ,सकारात्मक उत्प्रेरणा र पौष्टिक खाना महत्वपूर्ण रहने हुँदा आफू बिरामीको हेरचाह खानाको बन्दोबस्तमा जुटेको साम्सद पहारिले प्रतिक्रिया दिए।
ूअहिलेको मुख्य काम जनताको जिउ र रक्षा भएको भन्दै पहारिले आर्थिक बर्ष २०७७(७८ को खर्च हुने नसकी बाकी रहेको बिकाश बजेट कोरोना नियन्त्रण र उपचारमा लगाउनुपर्ने बताए। उनले ज्यान रहे बिकास गर्दै गरौंला ,पहिले जनता जोगाऔं।ू ।उनको भनाइ थियो ।