ताजा खबर

नवनियुक्त मन्त्री लम्सालद्धारा पदभार ग्रहण

गण्डकी, ६ जेठ

गण्डकी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भू–संरक्षण मन्त्री विकास लम्सालले आज पदभार ग्रहण गर्नुभएको छ । मन्त्रालयमा आयोजित एक समारोहका बीच पदभार गरहरण गर्दै उहाँले जनताले अनुभू ितगर्ने किसिमको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताउँनुभयो ।

कोरोना महामहारिले विश्व आक्रान्त बनाइरहेको वर्तमान परिवेक्षमा स्वास्थ्य मापदण्ड पालना गर्दै चालू आर्थिक बर्षको कार्यक्रम कार्यान्वयमा उच्च प्रगति हासिल गर्ने तर्पm सरकार कृयाशिल बन्ने उहाँले बताउनुभयो । आगामी आर्थिक बर्ष २०७८।०७९ को बजेट तर्जुमाको चरणमा रहेको हुँनाले जिल्लाका सन्तुलन , रोजगारी सिर्जना, कोरोनावाट प्रभावितलाई राहत हुने प्राकृतिक प्रकोप न्यूनिकरण र आर्थिक सम्वृद्धिमा योगदान हुने खालका कार्यक्रम समावेश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

युवा, विपन्न, वेरोजगार, कोरोना प्रभावित एवम् सामाजिक आर्थिक रुपमा पछाडि परेका वर्ग तथा क्षेत्रको उद्यमशिलता विकासका लागि व्यवसायिक, सिपमुलक र रोजगारमूलक तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिंदै उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिवि निवारणमा टेवा पु¥याइने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले यसअघि राखेका योजना तथा लक्ष्यहरुलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै मन्त्री लम्सालले त्यसका लागि सवैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।
सरकारले एक वडा एक वनवाटिका र एक स्थानीय तह एक हरित उद्यान कार्यबmम समुदायमा आधिकारी वनको संरक्षण , उत्पादन वृद्धि र संस्थागत सृदृढिकरण जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने मन्त्री लम्सालले स्पष्ट पार्नुभयो । पदभार ग्रहण समारोहमा मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरुले मन्त्री लम्साललाई स्वागत गर्नुभएको थियो ।

Related posts