
समाचारकक्ष
पोखरा ६, जेठ
महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डी.एस.पी. राजकुमार केसीको निधन भएको छ । यस अघि कास्कीको प्रहरी प्रवक्ता भई जिम्मेवार सम्हालेका केसीको कोरोनाबाट शंक्रमित भएका उनको बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका मूलपानी घर भएका डि.एस.पी. २ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको स्थापित भएका केसीले कास्की र पोखरेली जनतालाई समेत राम्रो प्रभाव पारेका थिए ।