समाचारकक्ष
पोखरा ५, जेठ
पोखराबाट प्रशारण हुदै आएको रेडियो अन्नपूर्ण प्रा.लि.का निर्देशक ई.सुशीलकुमार लामा(ताङबे) को निधन भएको छ । कोरोना शंक्रमणबाट ग्रसित भएका लामाको काठमाण्डौंको ग्रान्डी इन्टरनेसनल अस्पतालको आइसियु कक्षमा उपचारको क्रममा मंगलबार साँझ उनको निधन भएको रेडियोले जनाएको छ ।
वैशाख दोश्रो साता देखि पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भए पनि थप उपचारको लागि काठमाण्डौं लगिए पनि उनको उपचारको क्रममा ५६ बर्षको उमेरमा निधन भएको हो । २०२२ मंसिर २ गते पोखरामा जन्मिएका लामा पोखरा केबुल टेलिभिजनको संस्थापक प्रबन्ध निर्देशक, म्याक्स टिभीका सञ्चालक समेत हुन्। उनका श्रीमती डा. माया लामा र दुई छोरा सुशिन र वरदान लामा छन् ।
यसैबिच बुधबार रेडियोले उहाँको स्मृतिमा शोक धुनको साथमा समाचार बाहेक सवै जसो कार्यक्रम स्थगित गरेको रेडियोका स्टेशन म्यानेजर संजय मल्लले बताए । रेडियोले शोक विज्ञेप्ति मार्फत ई.लामाको निधनकोघटनाले निखै दुःखी तुल्याएको जनाएको छ । उनको निधनले रेडियोमा अपूर्ण क्षेति भएको जनाएको रेडियोले उनको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तव्ध परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।