ताजा खबर

मन्त्री परिषदको बैैठकले विभिन्न निकायमा नियुक्त

डि.एन.बी.
पोखरा ५, जेठ

गण्डकी प्रदेश सरकारले मन्त्रीहरु नियुक्त गरेसंगै आज बसेको मन्त्री परिषदको बैठकले विभिन्न निकायमा पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गण्डकी प्रदेश सरकारका प्रवत्ता, योजना आयोगका पदाधिकारी र राजनितीक सल्लाहकार नियुक्त गरेको हो ।

सरकारका पुर्व प्रवक्ता रामशरण बस्नेत र प्रदेश निती तथा योजना आयोगका उपाध्यक्षमा डा. गिरीधारी शर्मा पौडेललाई पुनः नियुक्त गरेको हो । आयोगको सदस्यमा डा. विष्णुराज बराललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा लमजुङ सुन्दरबजारका डा. भीष्म अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको विना विभागिय मन्त्री समेत रहेका प्रवक्ता बस्नेतले जनाए ।

मुख्यमन्त्रीको राजीनामासँगै उनीहरुको पद समेत गएको थियो । माओवादी केन्द्रकी सदस्य डा. भीमा ढुंगानलाई मुख्यमन्त्रीले पुनः निरन्तरता भने दिन चाहेनन्। त्यस्तै यस अघि मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा पर्वतका गोविन्द नेपाली रहेका थिए । साथै बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोडिभ उपचार केन्द्रकै रुपमा स्थापना गर्न सिफारिस गर्ने निर्णय गरेको छ । संघ सरकार माताहातमा रहेको यस क्षेत्रकै ठुलो अस्पतालमा कोरोना डेडिकेट अस्पतालको रुपमा संचालन गर्न सिफारिस गरेको प्रवक्ता बस्नेतले जनाए । प्रतिष्ठानमा हाल कोरोना उपचार केन्द्रमा ५० र मेडिकल वार्डमा थप ४० सहित ९० बेडको कोभिड उपचार केन्द्रको रुपमा सेवा दिदै आएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *