गण्डकी प्रदेशमा आज मन्त्रीमण्डल विस्तार हुदै, पुरानै मन्त्रिहरुले निरन्तरता पाउने श्रोतको भनाई

डि.एन.बी.
पोखरा ५, जेठ

गण्डकी प्रदेशमा आज (बुधबार) मन्त्रिमण्डल विस्तार हुने भएको छ । गण्डकी प्रदेश प्रमुखको निवासमा आज दिउँसो २ः०० बजे पछि मन्त्रिमण्डल विस्तार हुने भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङका प्रेस संयोजक बिक्रम न्यौपानेले बताए ।

उनका अनुसार पहिलाकै मन्त्रिहरुलाई पुनः निरन्तरता दिइने भएको छ । मुख्यमन्त्री गुरुङ कोरोना शंक्रमणका कारण हाल निवासमै होम आइसुलेसनमा बसेको भए पनि मन्त्रिमण्डल विस्तार नहुदा केही कामहरु समेत प्रभावित हुने भएकोले मुख्यमन्त्रीले मन्त्रिमण्डल विस्तार गर्ने भएको श्रोतको दाबी छ । कोरोनाको कारण प्रदेशमा कोरोनाबाट बच्न बचाउने अभियानमा गर्नुपर्ने काम देखि आउदो बर्षको बजेट देखि विकास निमार्णका योजनाहरु समेत प्रभावित हुन नदिन मन्त्रिमण्डल विस्तारको तयारी गरिएको श्रोतको भनाई छ ।

गत वैशाख २६ गते मुख्यमन्त्रीबाट राजीनामा दिएर पद मुक्त भएका गुरुङलाई प्रदेश प्रमुख सीता कुमारी पौडेलले वैशाख २९ गते मुख्यमन्त्रीमा नियुत्ति गरेकी हुन्। अविश्वासको प्रस्ताव माथि फेस गर्न नसकि राजीनामा दिएका गुरुङ बिरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका कागेंस,माओबादी केन्द्र, जसपाको संयुक्त गठबन्दनले बहुमत सांसदको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गर्न नसेको हुदा प्रदेश प्रमुखले गुरुङलाई पुनः नियुक्त गरेकी हुन्।

यस अघि आर्थिक मामिला तथा योजना मन्त्रिमा किरण गुरुङ, भौतिक पूर्वाधार तथा योजना मन्त्रीमा रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्री नरदेवी पुन मगर थिइन् । माओवादी केन्द्रका हरिबहादुर चुमान र भूमि व्यबस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापाले नेकपालाई सर्वोच्च अदालतले एमाले र माओबादी केन्द्रको रुपमा व्यूताइदिएसंगै उनीहरुले राजीनामा दिएका थिए । मुख्यमन्त्री गुरुङले आफु माथि अविश्वासको प्रस्ताव पेश भएसंगै प्रतिपक्ष दलहरुलाई थप दबाब दिन राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्रीमा नियुत्त गरेका थिए । मनाङले १० दिनको मन्त्रीको पद सम्हालेसंगै पद मुक्त भएको करिब १० दिनमा पुनः मन्त्री हुने सम्भावना रहेको छ । सामाजिक विकास मन्त्रालयलाई फुटायर मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालय स्थापना गरेका थिए ।

Related posts