ताजा खबर

पोखरामा कडा निषेधाज्ञा जारी भए पनि ३० प्रतिशत जसो पेट्रोल र ६० प्रतिशत जसो डिजेल खपत

डि.एन.बी.

पोखरा ५, जेठ

कास्कीमा निषेधाज्ञामा थप कडाई गर्दै आए पनि बजारमा भने अत्याधिक सवारी साधनहरु संचालन भएको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनले गुनासो गरेको छ । गण्डकी प्रदेशको राजधानि पोखरामा दैनिक जसो १०÷१२ जना कोरोनाले मृत्यस भएको दैनिक ५÷७ सय जनामा कोरोना शंक्रमणदर बढ्दै गएको वेला पोखरा क्षेत्रमा अत्याधिक सवारी साधनहरु संचालनले कोरोना शंक्रमण बढ्न सक्ने एशोसियसनले चिन्त्ता व्यत्त गरेको हो ।

कास्की प्रशासनले पटक पटक पोखरा सहित कास्कीमा निषेधाज्ञा कडाई गर्दै आएको भए पनि पोखरा क्षेत्रमा अत्याधिक सानो दुई पाङग्रे सवारी साधन देखि अन्य सवारी साधनहरु संचालन भएको एशोेसियसनका अध्यक्ष राजन गोगंजुले बताए । प्रशासनलाई कम सवारी साधन संचालनको लागि आग्रह गर्दै आए पनि कान्वयन खासै नभएको उनले जनाए । गण्डकी धौलागिरी क्षेत्रमा रहेका रपेट्रोलियम पदार्थ विक्री डिपो पेट्रोल पम्पमाहरुमा दैनिक ४० हजार लिटर पेट्रोल र दुई लाख लिटर डिजेलको बिक्री बितरण भैइरहेको अध्यक्ष गोगंजुले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरेका छन्।

उनका अनुसार हाल पोखरा क्षेत्रमा ३० प्रतिशत जसो पेट्रोल र करिब ६० प्रतिशत जसो डिजेल खपत हुदै आएको छ । गत बर्षको कोरोनाले गर्दा लकडाउन भएको अबस्थामा भने करिब ५ प्रतिशत पेट्रोल र १० देखि १२ प्रतिशत डिजेल खपत भएको गोगंजुले जनाए । उनले भने “ पोखरा क्षेत्रमा के निषेधाज्ञा भएको छ भन्ने हो, पोखराको न्यूरोडमा सवारी साधनको पार्किङ गर्ने ठाँउ अझै अभाव छ, हाम्रा पेट्रोल पम्पमा दैनिक ३ सय जनासम्म एउटै पम्पमा सेवाग्राही आएका छन्। ”

पेट्रोलियम पदार्थ भर्नका लागि जिल्ला प्रशासनले चलाउन अनुमति दिएका वा नदिएका सवारी साधनहरु पेट्रोलपम्पसम्म आउने गरेकाले यो क्षेत्र समेत थप जोखिममा परेको उनले गुनासो गरे । उनले भने “ केही व्यत्तिले दैनिक एक सयको मात्र पेट्रोल हाल्न आउछन, उनीहरु र पम्पका मजदुर र व्यवसायी बिचको जोखिम कति हुन्छ आफै बिचार गर्नुहोस, आफुलाई चाहिने फुल ट्याङकी गरे त ५÷७ दिन एउटा मान्छ पुनः पम्पमा आउदैननी । ”आफुलाई आवश्यक पर्ने इन्धन पटक पटक भर्नु भन्दा एकैपटक आफ्नो सवारी साधनको ट्रयाङकी भरी गरेर संचालन गर्दा आफुहरुलाई समेत जोखिम कम हुने उनको भनाइ छ ।

महामारीको समयमा नेपाल सरकारले पेट्रोलियम पदार्थ बिक्रीकर्ता ढुवानीकर्ता टयांकर चालक र मजदुर हरुलाई हालसम्म कोरोना विरुद्धको खोप समेत नपाएको उनले गुनासो गरे । जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेका निषेधाज्ञाको पूर्णरुपमा पालना गरी घरमै बसेर आफु र अरुलाई पनि बचाउने कार्यमा सहयोग गरिदिनु हुन एशोसियसनले अनुरोध गरेको छ । बिपदको समयमा एशोसियनले आफ्नै कार्यालय पोखरा चाउथेमा निर्माण गरेको आइसोलेसन बेडमा डेरामा परिवार सहित बस्दा अप्ठ्यारो परेको भए प्रयोग गर्न सकिने जनाएको छ ।

 

 

Related posts