
डि.एन.बी.
पोखरा २, जेठ
नेपाल ह्याण्डवल संघका उपाध्यक्ष एव पूर्व बरिष्ठ प्रशिक्षक जीवन बस्नेतले खेलकुदकर्मीलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका छन्। आइतबार करिब १ः०० बजे आफ्नो फेसवुक स्टाटस मा रुपन्देही जिल्ला भित्रका ह्याण्डवलका खेलकुदकर्मी र सिद्धार्थ नगरपालिका भित्रका कुनै पनि खेलकुदकर्मीलाई आवश्यक खाद्य सामाग्रि उपलब्ध गराउने इच्छा व्यत्त गरेका हुन्।
कोरोनाको कारण खेलाडी, प्रशिक्षक एवं खेलकुदकर्मी अहिलेको अबस्थामा बाहिर हिडडुल गर्ने अबस्था नभएकोले गर्दा बिहान वेलुका खाना खानको कुनै समस्या भएमा आफुलाई ९८५७०—२२७७३ मा सम्पर्क गर्न उनले आव्हान गरेका छन्।
रुपन्देही जिल्लामा रहेका ह्याण्डवल खेलका कुनै पनि खेलकुदकर्मीले खाद्य सामाग्रि आवश्यक परेको खण्डमा सम्पर्क गर्न सकिने भएको छ भने सिद्धार्थ नगरपालिका क्षेत्रमा रहेका कुनै पनि खेलकुदकर्मीले उपाध्यक्ष बस्नेतलाई सम्पर्क गर्न सकिने भएको हो । खाद्य सामाग्रि आवश्यक परेको स्थानमा स्थानिय प्रहरी प्रशासनको समन्वयमा आफैले पु¥याउने योजना बनाएको बस्नेतले हामीलाई बताए । रुपन्देही जिल्ला र सिद्धार्थ नगर क्षेत्रमा करिब १ हजार ५ सय जसो खेलकुदकर्मी रहेका छन्।
उनले भने “यो कोरोनाको महामारीका वेला आ—आफ्नो ठाँउबाट थोरै भए पनि जे जति सकिन्छ प्रयास गर्ने हो, त्यो प्रयासको लागि आव्हान मात्र गरेको छु हेरम कस्तो अबस्था रैछ । ”