ताजा खबर

चलचित्रकर्मी चेतन कार्कीको निधन

समाचारकक्ष
पोखरा २, जेठ

चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । भूमरी, पहिलो प्रेम, परिवर्तन, सिन्दूर, विश्वास लगायतका चलचित्र निर्देशन गरेका कार्कीको कोरोना शंक्रमणसँगै हृदयघाटका कारण उनको आज (आइतबार) निधन भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।

संक्रमण भएपछि उनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको थियो भने उपचारकै क्रममा आइतबार बिहान निधन भएको चलचित्रकर्मी तथा विश्लेषक प्रकाश सायमीले बताए ।

चलचित्र लेखक, गीतकार तथा संगीतकार समेत रहेका चेतन हक्की स्वभावका थिए । उनले परिवर्तन, सिन्दूर, माया प्रिती, राँको, जीवनरेखा जस्तो चर्चामा आएका चलचित्रको कथा लेखका हुन् ।

चलचित्र “कान्छी” को निकै रुचाइएको गीत “कान्छी हे कान्छी….” का गीतकार समेत रहेका कार्की साहित्य क्षेत्रमा समेत उत्तिकै सक्रिय थिए । वि.सं १९९५ मा जन्मेका उनको ८४ वर्षको उमेरमा निधन भएको हो ।

Related posts