ताजा खबर

कम सहयोग संकलन भएसंगै पोखरेलीकै अभियानमा सुरु भएको भेन्टिलेटर संकलन अभियान……

डि.एन.बी.
पोखरा २, जेठ

पोखरेलीकै अभियानमा सुरु भएको भेन्टिलेटर संकलन अभियान अन्र्तगत प्रयाप्त रकम संकलन नभएकोले गर्दा हाल एउटा भेन्टिलेटर र ३ वटा हाई फ्लो नजल क्यानुल पोखराकै अस्पतालबाट सेवा संचालनमा आएको छ । आफुहरुले अपेक्षा गरे अनुसारको रकम संकलन नभएको हुदा एक भेन्टिलेटर, ३ वटा हाई फ्लो (नजल) र एउटा अक्सिजन कन्सन्टेटर मात्र जोहो गर्न आफुहरु सफल भएको नेपाल भेन्टिलेटर सर्भिस कास्कीका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।

उनले भने “ हामीले पोखरामा भेन्टिलेटर अत्यावशयक भएको महशुस गरेर एउटा अभियान सुरु मात्र गरेका थियौं जसमा गण्डकी प्रदेश र पोखरा महानगरपालिकाबाट समेत सहयोगको अपेक्षा गरेका थियौं तर सोचे अनुरुप सहयोग प्राप्त नभएर हाम्रो अभियान केही समय पछि रोकिएको हो । ”
हाल संस्थामा रहेको उक्त भेन्टिलेटर र हाई फ्लो(नजल) पोखराको मेडि प्लसमा अत्यावसेक भएकोले आफुहरुले प्रयोग गर्न दिएको अध्यक्ष पालिखेले जनाए । पोखराका कुनै पनि अस्पतालमा आफुहरुसंग भएको भेन्टिलेटर तथा हाई फ्लो(लोजल) संचालन गर्न दिने भएको उनले जनाए ।

त्यसै गरी सरकारी अस्पातालमा दैनिक क्यानुल प्रयोग गरे वापत ३ सय सामुदायिक अस्पतालमा ५ सय र निजी अस्पतालमा ७ सय रुपैशा शुल्क निर्धारण गरिएको सचिव रामकृष्ण ज्ञवालीले जनाए । रोटरी इन्टरनेशनल क्लब ३२९२ का पूर्व डिष्टिक गभर्नर किरणलाल श्रेष्ठले क्लवक
ो पहलमा भेन्टिलेटर सहितको अन्य सामान खरिदमा ५० प्रतिशत छुटमा उपलब्ध गराउने दाबी गरेका छन्।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *