ताजा खबर

रोटरी क्लवहरुको सक्रियतामा संकलन भएको स्वास्थ्य सामाग्रि मणिपाल शिक्षण अस्पतालको कोभिड सेन्टरलाई सहयोग हस्तान्तरण

डि.एन.बी.
पोखरा २, जेठ

पोखराका ७ रोटरी क्लवहरुको सक्रियतामा संकलन भएको स्वास्थ्य सामाग्रि मणिपाल शिक्षण अस्पतालको कोभिड उपचार सेन्टरमा सहयोग हस्तान्तरण गरिएको छ । आइतबार अस्पताल परिसरमै पुगेर अक्सिजन बैंक (जीवन आशा) कार्यक्रम संयोजक मिनु श्रेष्ठ कुंवर, स्वास्थ्य सामाग्रि खरिद तथा वितरण संयोजक जितेन्द्र सिग्देल, प्रचार संयोजक अर्जुन खनालले मणिपाल शिक्षण अस्पतालका एच.ओ.डी.मेडिसिन एवं कोभिड उपचार संयोजक अभिशेक मास्केलाई सहयोग हस्तान्तरण गरेका हुन्।

रोटरी क्लवहरुले संकलन गरेको एक सय थान पिपिई, २ हजार वटा मास्क, ५ सय वटा ग्लोव, ३ थान अक्सिजन फ्लोमिटर र ३ साथन थर्मगन मणिपाल अस्पतालको कोभिड उपचार सेन्टरलाई सहयोग हस्तान्तरण गरिएको प्रचार संयोजक खनालले जनाए । अस्पतालमा आफुहरुको सहकार्यमा १ सय ४ बेडको कोभिड उपचार सेन्टर स्थापना गरिएको संयोजक कुवंरले बताइन्। अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रिको साथमा अक्सिजन ग्याँस सिलिण्डर देखि अन्य सामाग्रिहरुको जोहो गर्न आफुहरु कटिवद्ध रहेको उनले जनाइन्। उनले भनिन् “ पोखरामा कसैले पनि अस्पतालमा वेड नपाएर घर फर्किन नपरोस त्यसको लागि हाम्रो प्रयास भएको हो, अहिलेको यो महामारीको समयमा सवैले सक्दो सहयोग गर्नु पर्छ ।”

अस्पतालमा हाल १४ वटा भेन्टिलेटर सहितको ७८ सिटको कोभिड सिट तयारी अबस्थामा रहे पनि बाँकी वेडमा आवश्यक सामाग्रि जोहो गर्न आफुहरु कटिवद्ध भएको उनले जनाइन्। कोरोनाको दोश्रो लहरको शंक्रमण दर पोखरा क्षेत्रमा समेत हरेक दिन बढ्दै जादा पोखराका ७ रोटरी क्लवले गण्डकी अटो मेकानिकल वर्कशप एसोसिएसन, पोखरा स्टील फेब्रीकेटर्स एसोसिएसन कास्कीको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन्।

उक्त अभियान अन्र्तगत केही अक्सिजन ग्याँस सिलिण्डर संकलन गरेसंगै अस्पतालमा पु¥याईएको कुवंरले जनाइन्। पोखराका ७ वटा रोटरी क्लवहरु रोटरी क्लव अफ पोखरा, रोटरी क्लव अफ लेकसाइड, रोटरी क्लव अफ न्यूरोड, रोटरी क्लव अफ अन्नपूर्ण, रोटरी क्लव अफ फिस्टेल, रोटरी क्लव अफ मिट टाउन र रोटरी क्लव अफ पोखरा लेखनाथ उक्त अभियानमा जुटेका छन्।

Related posts