हेमजा, १ जेठ
मुक्तकको शहर पोखरा बाट फेरि एउटा राष्ट्रियस्तरको बिशेष मुक्तक गोष्ठी सम्पन्न भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले भर्चुअल रुपमा आयोजना गरेको उक्त कार्यक्रममा बेजोड र तिख्खर मुक्तक वाचन गरिएका छन्। कार्यक्रममा बोल्दै नेपाल नाट्य तथा संगीत एकेडेमीका पूर्व कुलपति सरुभक्त श्रेष्ठले कार्यक्रम नेपाली मुक्तक विधाको इतिहासमा एउटा महत्त्वपूर्ण कार्यक्रम रहेको बताउदै पोखराले फेरी एउटा मुक्तकको इतिहास पोखराले बनाएको बताए ।
उक्त कार्यक्रममा नेपालका सात प्रदेशबाट प्रतिनिधिमूलक रुपमा प्रत्येक प्रदेश बाट दुई ÷ दुई गरि चौध जना मुक्तककारले आफ्ना ६÷६ वटा आगो रुपी मुक्तक वाचन गरेका थिए। मुक्तक वाचन गर्नेहरुमा प्रदेश एक बाट मोरङका मञ्जु श्री र लक्ष्मी स्मृति ,प्रदेश दुई बाट सलाहीका सुशीला पौडेल र लीलाराज दाहाल,बाग्मती प्रदेशबाट नुवाकोटकी ऋतु रोक्का र काठमाडौका आँचल शर्मा , गण्डकी प्रदेश बाट म्याग्दीकि ऋद्धिमा रिजाल र बाग्लुङ का ऋषि सापकोटा,लुम्बिनी प्रदेशबाट अर्घाखाँचीकी दीक्षा भण्डारी ,दाङका प्रदीप डाँगी,कर्णाली प्रदेशबाट कालीकोटकी चन्द्रा चाँदनी र मुगुका अनुराग बम तथा सुदूरपश्चिम प्रदेश बाट डोटीकी सरिता कठायत र डोटीका क्षितिज भरत रहेका छन्।
साँझ ६ बजेबाट संस्थाको पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा वाचन गरिएका मुक्तकको समिक्षात्मक टिप्पणी संस्थाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद पौडेलले गरेका थिए । पाँच हजारले प्रत्यक्ष हेरेको उक्त कार्यक्रममा हजार भन्दा बढी प्रतिक्रियात्मक टिप्पणी प्राप्त भएका थिए । उक्त टिप्पणीहरु लाई समेत संस्थाका सह सचिव शिव त्रिपाठीले प्रस्तुत गरे । कार्यक्रममा संस्थाका संस्थापक सचिव कोविदशरण उपाध्याय, सल्लाहकारहरु छन्दिका त्रिपाठी,बसन्त बास्तोला,केशवशरण पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष छन्दमणिको अध्यक्षतामा सम्पन्न कायक्रममा कार्यक्रम संयोजक तथा कार्य समितिका सदस्य आवाश शर्माले स्वागत, उपाध्यक्ष बलराम पौडेलले धन्यवाद र सञ्चालन सचिब सुनिल गायकले गरेका थिए ।