ताजा खबर

ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, पुरानै मन्त्रिलाई जिम्मेवार 

समाचारकक्ष

काठमाण्डौ ३१, वैशाख

पदमुक्त भएको दीत दिन पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीको पदमा नियुत्त भएका छन्। प्रधानमन्त्रीमा उनी नियुक्ति भएसंगै पुरानै मन्त्रिहरुलाई निरन्तरता दिएका छन्।

अध्यक्ष ओलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको पदमा नियुक्त गरेसंगै शुक्रबार पद तथा गोपनीयताको सपथ गराएकी हुन्। सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि ओलीले पदमुक्त भएका थिए । वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको तीन दिन भित्र वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः मुलुकमा दुई तिहाईबाट अल्पमतको प्रधानमन्त्री बनेका हुन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरे पनि अन्तिम समयमा आएर नेकपा एमालेको खनाल–नेपाल पक्षले असहयोग गरेपछि वैकल्पिक सरकार बनाउने योजना तुहिएको हो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *