डि.एन.बी.
पोखरा वैशाख ३१,
कास्कीको पोखरामा ११ सहित गण्डकी प्रदेशमा थप २३ जनाको कारोनाको कारण मृत्यु भएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टाको यो नतिजा भने हालसम्मकै सवै भन्दा उच्च हो ।
पोखराका विभिन्न अस्पतालमा महिला तथा पुरुषको ११, बागलुङका ३, स्याङजाका ६ जनाको कोरोनाले मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कास्की सहित प्रदेशका मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा ६ सय ८० जनामा कोरोना शंक्रमण देखा परेको निर्देशनालयले जारी गरेको अध्यावधिक सूचनामा उल्लेख छ । कास्कीका पछिल्लो २४ घण्टाका ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।