ताजा खबर

पत्रकार पौडेलको श्रद्धान्जली अपर्ण, उनको निधन प्रति विभिन्न संस्थाद्धारा सोक वक्तव्य

समाचारकक्ष
पोखरा ३०, वैशाख

नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा गण्डकी टेलिभिजन पोखराका प्रबन्ध निर्देशक जगन्नाथ पौडेल ‘गणेश’ को निधन भएको घटना प्रति नेपाल पत्रकार महासंघले गहिरो दुःख व्यक्त गरेको छ । कोरोनाको कारण ४१ वर्षको उमेरमा आज निधन भएको पौडेलको स्मृतिमा आज नेपाल पत्रकार महासंघले श्रद्धान्जली सम्पन्न गरेको छ ।

पोखराको गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएका पौडेलले पत्रकारिता क्षेत्रमा पुराएको योगदानको स्मरण सहित पं्रशम्सा गर्दै महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेल, पूर्व केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, प्रेस संगठन कास्कीका संयोजक सन्देस श्रेष्ठ सहितका पत्रकारहरुले पौडेलको पार्थीव शरीरमा टाडाबाटै पुष्पा गुच्छा अर्पण गरेका हुन्।

यसैबिच पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखाले छुट्टा छुट्टै शोक वक्त्तव्य जारी गर्दै पत्रकार पौडेलको निधनको घटनाले निकै मर्माहत भएको जनाएका छन्। महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी र कास्कीका सचिव माधव बरालद्धारा जारी गरीएको शोक वक्तव्यमा दुखद् घडीमा पौडेलको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गरिएको छ ।

कामप्रति बफादार र हक्की स्वभावका पौडेल २०६५ सालदेखि गण्डकी टेलिभिजनमा कार्यरत भएको गण्डकी टेलिजिभनको कार्यक्रम गण्डकी छड्केको छायाँकनमा खटिएकै अवस्थामा पौडेललाई वैशाख २० गते कोरोना संक्रमण भएको हो । पोखरा महानगरपालिका वडा नम्बर ३३ बाघमारा निवासी स्वर्गीय पौडेलका आमा, श्रीमती र २ छोरा रहेका छन्।

Related posts