
डि.एन.बी.
पोखरा २९, वैशाख
कोरोना शंक्रमण भएकै अबस्थामा पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्बी सुब्बा गुरुङले सफत ग्रहण, पदभार ग्रहण तथा पत्रकारसंग कुराकानी गरेका छन्। कोरोनाको दोश्रो लहर हावामा समेत शंक्रमण बढ्न सक्ने चिकित्सकहरुले सुभाव दिदै आएको सन्दर्भमा मुख्यमन्त्री गुरुङले मास्क, ग्लोव र सेनिटाइजर प्रयोग गरे पनि शंक्रमित व्यक्ति धेरै मानिसहरु भएको स्थानमा जानु आफैमा कोरोनाको जोखिम बढाउनु भएको विज्ञहरु बताउछन्।
मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपाने समेत हाल कोरोना शंक्रमित भएर हाल आफ्नै निवासमा रहेका थिए ।
गण्डकी प्रदेश प्रमुख सिता कुमारी पौडेलेले नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङलाई आफ्नै निवास पोखरा रत्नचोकमा पद तथा गोपनियताको सपथ खुवाएकी हुन्। यसअघि प्रदेश प्रमुख पौडेलले गुरुङलाई नेपालको संविधान धारा १६८ को उपधारा (३) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्तीमा नियुक्त गरेकी हुन्। साथै उनले मुख्यमन्त्रीमा नियुत्त भएकोमा गुरुङलाई बधाई दिदै कार्यकालको सफलताको कामना गरेकी छन्।
यसैबिच, मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले बुधबार साँझ नै पदभार ग्रहण समेत गरे । पत्रकारसंग सक्षिप्त कुराकानी गर्दै उनले प्रदेशको कोभिड उपचार कोषमा प्रदेश सरकारले ४ करोड आर्थिक सहयोग गर्ने बताए । अस्थिरता निम्त्याउने खेलमा कांग्रेस गठबन्दन लागेको मुख्यमन्त्री गुरुङको आरोप थियो । उनले आगामी एक महिनामा आफुले सदनबाट विश्वासको मत लिने समेत दाबी गरे । प्रदेश प्रमुखले संवैधानिक बाटो अनुसार आफुलाई नियुत्ति गरेकोे उनको भनाई थियो ।
नेपाली कांग्रेस सहितको चार दलको गठबन्धनले बहुमत पुराउन नसके पछि गण्डकी प्रदेशको नयाँ सरकार पृथ्बी सुब्बा गुरुङ नेतृत्वको पुनः विउतिएको हो । प्रदेश प्रमुख पौडेलले प्रदेश सभाको सबै भन्दा ठुलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दोश्रो पटक मुख्यमन्त्री बनेका हुन् । बैशाख २६ गते राजीनामा गरेका गुरुङ वैशाख २७ र २८ गते कार्यवहाक मुख्यमन्त्री भएका थिए । मुख्यमन्त्री पदबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले वैशाख २६ गते बहुमतको सरकार गठनका लागि दलहरुलाई बुधबार ४ः०० बजेसम्मको समय सिमा सहित आव्हान गरेकी थिइन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो नेतृत्वमा गठबन्दन सरकार बनाउने प्रयास गरेपनि जनमोर्चाका कृष्ण थापा साथ नदिई तर्केसंगै गुरुङको नेतृत्वको सरकार वियुतिएको हो । मुख्यमन्त्री बनेसंगै गुरुङले प्रदेश सभाबाट एक महिना भित्रमा विश्वासको मत लिनु पर्नेछ अन्यथा बहुमतको मत ल्याउन नसके ६ महिना भित्र मध्यावधिक निर्वाचनमा जानुपर्ने छ ।
यसैबिच राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेताबाट कृष्ण थापालाई हटाईएको राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले बताइन् । पार्टीले कारवाही गर्ने सुइको पाएसंगै गठबन्दन सरकारलाई समर्थन गर्नु पर्छ भन्ने दबाब खेप्न नसकेर सांसद थापा आफ्नो घर बाग्लुङ समेत पुगेको बताइन्छ । उनले आफु तटष्थ बस्ने जनाएका छन्। आफु बिषेश कामले घर जानु परेको उनले बताए । त्यसै गरी जनमोर्चाका खिलबिक्रम शाहीले पनि कुनै पनि गठबन्दन सरकारलाई आफुले साथ समर्थन नगरी तटष्थ बस्ने प्रेस विज्ञेप्ति मार्फत जनाएका छन्। प्रदेशमा ६० सांसद भए पनि एमाले र कांग्रेस गठबन्दन नेतृत्वमा समान २८÷२८ मत भए पनि जनमोर्चाको ३ मत निर्णायक बाडिएकोले नयाँ गठबन्दन सरकार बन्न नसकेको हो । जनमोर्चाकी सचेतक पियारी थापा बाहेक दुई जना तटष्थ बस्ने जनाएका छन्।