डि.एन.बी.
पोखरा २९, वैशाख
नेपाली कांग्रेस सहितको चार वटा गठबन्दन दलहरुले बहुमत पुराउन नसके पछि गण्डकी प्रदेशको नयाँ सरकार पृथ्बी सुब्बा गुरुङ नेतृत्वको पुनः विउतिने भएको छ । पुनः मुख्यमन्त्री बन्न लागेका गुरुङलाई प्रदेश प्रमुख सीता कुमारी पौडेलले आजै नै सफथ खुलाउने तयारी गरेको प्रदेशको कार्यालय श्रोतले जनाएको छ ।
नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ हाल प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्। प्रदेश प्रमुख सिता कुमारी पौडेलले प्रदेश सभाको सबै भन्दा ठुलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेसंंगै गुरुङले दोश्रो पटक मुख्यमन्त्रीको सपथ खाने तयारीमा जुटेका हुन्।
बैशाख २६ गते राजीनामा गरेका गुरुङ अहिले कार्यवहाक मुख्यमन्त्री छन् । मुख्यमन्त्री पदबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले वैशाख २६ गते बहुमतको सरकार गठनका लागि दलहरुलाई बुधबार ४ः०० बजेसम्मको समय सिमा सहित आव्हान गरेकी थिइन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो नेतृत्वमा गठबन्दन सरकार बनाउने प्रयास गरेपनि जनमोर्चाका कृष्ण थापा साथ नदिई तर्केसंगै गुरुङको नेतृत्वको सरकार वियुतिने भएको हो । मुख्यमन्त्री बनेसंगै गुरुङले प्रदेश सभाबाट एक महिना भित्रमा विश्वासको मत लिनु पर्नेछ अन्यथा बहुमतको मत ल्याउन नसके ६ महिना भित्र मध्यावधिक निर्वाचनमा जानुपर्ने छ ।