ताजा खबर

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ४० बेडको आइसुलेसन कक्ष सुरु

डि.एन.बी.
पोखरा २८, वैशाख

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ४० बेडको कोरोनाका बिरामीको उपचार गर्ने कोभिड उपचार केन्द्र स्थापना भएको छ । प्रतिष्ठानको ५० वेडको कोभिड उपचार केन्द्रमा गम्भिर प्रकारका कोरोनाका बिरामी भरीएसंगै थप कोरोनाका बिरामीहरु समेत बढ्न थालेकोले मंगलबार देखि थप ४० वेडको कोभिड उपचार केन्द्र स्थापना गरिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिडका फोकल पर्सन डा. शरद बरालले बताए ।

मंगलबार मेडिकल वार्डमा साँझ ६ बजेसम्म १७ जना कोरोनाको बिरामीको भर्ना गरिएको उनले हामीलाई जनए । एकै रातमा करिब ८० वटा अक्सिजन ग्याँस सिलिण्डर सकिने गरी कोरोनाका सिकिस्त बिरामीहरुको हाल भर्ना भएको कोभिड फोकल पर्सन डा. बरालले बताए । एकै दिनमा करिब डेढ सय अक्सिजन ग्याँस सिलिण्डर प्रतिष्ठानमै उपचार गर्दै गरेका बिरामीहरुको लागि मात्र खपत हुने गरेको उनको भनाई छ ।

कोरोनाका गम्भिर प्रकारका बिरामीहरु बढ्दै जादा प्रतिष्ठानमा अर्थपेडिक लगायतका वार्डहरु खाली गर्दै जाने योजनामा रहेको उनले जनाए । प्रतिष्ठानमा हाल कोरोनाका करिब ९० प्रतिशत बिरामीलाई अक्सिजन लगायर उपचार गर्नु परेको फोकल पर्सन डा. बरालले बताए । प्रतिष्ठानमा थप २ सय वेडसम्म विस्तार गर्ने योजना रहेको उनको भनाई छ । प्रतिष्ठानकै परिसरमा हालै निर्माण भएको प्रसुती वार्ड सहितको नयाँ भवनमा हाल करिब २ सय जना कोरोनाका बिरामीहरुको उपचार गर्न मिल्ने गरी काम अघि बढाएको फोकल पर्सन डा. बरालले बताए । उक्त भवनका आइसुलेसन कक्षमा हाल अक्सिजन ग्याँस जडानको लागि आवश्यक पर्ने पाइपहरु सहितको सामानहरु फिटिङ गर्ने काम सुरु भएको उनले जनाए । २४ घण्टा देखि ३६ घण्टासम्म अक्सिजन लगायर कोरोनाका केही बिरामीलाई थप आराम हुन साथ होम आइसुलेसनको लागि रिफर गरीएको त कोही कोहीलाई भने हप्ता दिनसम्म समेत राख्नु पर्ने अबस्था रहेको फोकल पर्सन डा. बरालले बताए ।

उनका अनुसार आपुर्ति महाशाखाबाट एक सय वेड अस्पतालमा आइसकेको अबस्था रहेको छ । अस्पतालमा प्रायः निशुल्क उपचार हुने गरेको छ अन्यथा निजी अस्पतालमा भर्ना हुदा कोरोनाका गम्भिर बिरामीले दैनिक ५० हजार देखि एक लाखसम्म शुल्क तिर्नु परेको स्थानियले गुनासो गरेका छन्। प्रदेश शंक्रामक तथा सरुवा रोग अस्पताल (पोखरा ३०, मोहोरिया) मा हाल ५० बेड अस्पतालमा ५५ जना कोरोनाका बिरामीको उपचार हुदै आएको प्र्रदेश शंक्रामक तथा सरुवा रोग अस्पताल पोखराका प्रमुख डा. विकास गौचनले बताए ।

कास्की सहित प्रदेशका ११ जिल्लाको साथमा छिमेकी जिल्लाबाट समेत पोखरामा कोरोनाका बिरामीहरु आउन थालेकोले पोखरामा कोरोनाका बिरामीहरुलाई व्यबस्थापन गर्न निकै कठिन हुन थालेको उनले गुनासो गरे । कोरोना डेडिकेट शंक्रामक तथा सरुवा रोग अस्पतालको रुपमा विगत १० महिना अघि स्थापना गरे पनि हालसम्म उक्त अस्पतालबाट आइसियू र भेन्टिलेटरको सुविधा दक्ष कर्मचारीको अभावमा संचालनमा आउन नसकेको प्रमुख डा. गौचनले बताए। पोखरा सहित गण्डकी प्रदेशमा हिजोआज दैनिक जसो १०÷१२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

 

Related posts