ताजा खबर

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त, तीन दिनभित्र दाबी पेश गर्न राष्ट्रपति भण्डारीकोआहृवान

समाचारकक्ष
काठमाण्डौं २७, वैशाख

विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।

सोमबारको सदनबाट उनको पक्षमा वहुमत नपरे पछि प्रधानमन्त्री पदमुक्त भएका हुन्।

संसदमा जम्मा उपस्थित संख्या २ सय ३२ जना रहेकोमा प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १ सय २४ मत र प्रस्तावमा मत दिन्न भन्नेमा १५ मत परेको छ। सबभन्दा ठूलो दल एमालेका १ सय २१ सांसद छन् ।

तर एमालेको माधवकुमार नेपाल पक्षका अधिकाशं सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।

यसैबिच, राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसंगै राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् ।

Related posts