ताजा खबर

गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनद्धारा आइसुलेसन सेन्टर स्थापना गर्दै

डि.एन.बी.
पोखरा २७, वैशाख

गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनले कोभिड उपचार केन्द्र (आइसुलेसन सेन्टर) स्थापना गरेको छ । कोरोनाका बिरामीहरुको अस्पतालमा उपचार गर्ने ठाँउ नै अभावन हुन थालेसंगै मध्यम कोरोनाका बिरामीहरुलाई व्यबस्थापन गर्ने गरी आफुहरुले उत्तः सेन्टरको स्थापना गरेको एशोसियसनका अध्यक्ष राजन गंगजुले बताए ।

कोरोनाको दोश्रो लहरको शंक्रमण अत्याधिक बढेसंगै अस्पतालहरुमा कोरोनाका बिरामीहरुको उपचार गर्न कठिनाई भएकोले गर्दा आफुहरुले थोरै भए पनि केहीलाई राहत उपलब्ध गराउने उद्धेश्यले उक्त सेवा एक दुई दिन देखि सुरु गर्ने तयारी गरेको उनले जनाए । आफुहरुले हाल एशोसियसनको भवनमै पहिलो चरणमा १० बेडको आइसुलेसन सेन्टर स्थापना गरे पनि पछि कोरोनाका बिरामीको थप चाप र माग भए बमोजिम पुनः थप १० बेड विस्तार गर्न सकिने भएको गंगजुले जनाए ।

संस्थाले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत करिब ४८ घण्टामा २ लाख भन्दा बढीको लागतमा उक्त सेन्टर स्थापना गरिएको उनले बताए । सेन्टरमै खाना बस्नको लागि आवश्यक पर्ने सामान देखि स्वास्थ्य सामाग्रिहरु समेत उपलब्ध गराएको उनले जनाए । इच्छा अनुसार आफै पकाउन चहानेको लागि र मेनमा खानको लागि समेत प्रबन्ध गरिएको गंगजुले जनाए ।
एक दिन बिराएर डा. देव थापाले सेन्टरका बिरामीको रेखदख गर्ने भएका छन्।

अनिवार्य अक्सिजन लगाउनु पर्ने बिरामी र गम्भिर प्रकारका कोरोनाका बिरामी बाहेक एशोसियसनका सदस्य एवं गरिव तथा विपन्न बर्गका व्यक्तिको निःशुल्क उपचार गर्ने उद्धेश्यले उक्त सेन्टरको स्थापना गरिएको अध्यक्ष गंगजुले जनाए । उनका अनुसार उक्त सेन्टर मंगलबार देखि संचालन हुने भएको छ । कोरोनाका बिरामीलाई त्यहाँ बस्ता आवश्यक पर्ने खाने कुराको साथमा मनोरन्जन समेत दिने उद्धेश्यले खेल सामाग्रिको समेत जोहो गरेको गंगजुले जनाए ।

एन्टीवाइटीक औषधि देखि बाफ लिने मेसिन, ज्वरो मापन गर्ने थर्ममिटर, मास्क, सेनिटाइजर लगायतको हरेक वेडमा उपलब्ध गराएको उनले बताए । विहान वेलुका खाना तथा विहान र दिउँसोको खाजाको समेत प्रबन्ध गरिने भएको गंगजुले जनाए ।

कोरोना शंक्रमण दर पोखरा सहित कास्की र गण्डकी प्रदेशमा समेत अत्याधिक रुपमा बढ्दै गएको छ । सोमबार कास्की सहित गण्डकी प्रदेशमा १३ जनाको कोरोनाको कारण ज्यान गएको छ । कास्कीमा २ सय ८९ जना सहित प्रदेशमा सोमबार ६ सय ५३ कोरोना शंक्रमित थपिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

Related posts