
डि.एन.बी.
पोखरा २७, वैशाख
गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री एवं संघिय मामिला तथा कानुन मन्त्री रामशरण बस्नेतलाई पितृ शोक परेको छ । मन्त्री बस्नेतका ८१ बर्षीय बाबु लिला बहादुर बस्नेतको आज विहान करिब ९ः४५ बजे आफ्नै निवास गोर्खा ३ घलाङमा निधन भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।
मन्त्री बस्नेतका बाबु उच्च रत्तंचाप, नसा सम्बन्धि समस्याले ग्रसित भएको अबस्थामा मस्तिष्कघातबाट उनको निधन भएको मन्त्रीका स्वकिय सचिव भरत भुषाल बताए । स्वा.लिला बहादुरको आज स्थानिय दरौदी घाँटमा अन्तेष्टी गरिने भएको उनले जनाए । स्व.लिला बहादुरका एक श्रीमती ३ छोरा र २ छोरीहरु रहेका छन्।
यसैबिच मन्त्री बस्नेतलाई पितृ शोक परेकोमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले शोक व्यत्त गरेका छन्। आइतबार शोक व्यत्तव्य प्रकासित गर्दै सभामुख अधिकारीले मन्त्री बाबुको मृत आत्मको चिर शान्तिको कामना सहित सोक सन्तप्त परिवारजनमा हार्दिक श्रद्धान्जली समेत व्यक्त गरेका छन्।