ताजा खबर

पोखराका विभिन्न उद्योग तथा संस्थाबाट १ सय ८७ वटा अक्सिजन ग्याँस सिलिण्डर प्रशासनको नियन्त्रणमा

डि.एन.बी.

पोखरा २५, वैशाख

पोखराका विभिन्न उद्योग तथा संस्थाबाट १ सय ८७ वटा अक्सिजन ग्याँस सिलिण्डर प्रशासनले नियन्त्रणमा लियर पोखराका दुई वटा ग्याँस कम्पनीलाई वितरण गरेको छ । पोखरामा पनि नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढ्दै गईरहेकोले भोलिका दीनमा कोरोनाका बिरामीहरुको लागि अक्सिजन ग्याँस अभावमा कसैको मृत्युवरण गर्न नपरोस भन्दै कास्की प्रशासन, जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाको प्रतिनिधिको सहभागितामा पोखरामा अक्सिजन ग्याँस सिलिण्डर संकलन गरीएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पोखराका बिभिन्न मेटल उद्योग, वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ लगायत अक्सिजन सिलिन्डर उपयोग हुने स्थानहरुबाट संकलन गरीएको ग्याँस सिलिण्डर पोखरा अक्सिजन र कालि गण्डकी अक्सिजन प्रा.लि.तथा केही अस्पताललाई ग्याँस सिलिण्डर वितरण गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरिक्षक विनोद सिलवालले बताए । कोरोना संक्रमितहरुको संख्या बढेसंगै उपचारको लागि अत्यावश्य मानिने अक्सिजन ग्यासको अभाव समेत देखा पर्न थालेकोले प्रशासनको समन्वयमा आफुहरुले बजारमा अक्सिजन ग्याँसको खोजि गरी उनीहरुलाई पछि पुनः फिर्ता गर्ने गरी हाल ग्याँस सिलिण्डर नियन्त्रणमा लिइएको उनले जनाए ।

कतै  अक्सिजनको अभावले कोरोना संक्रमित बिरामीहरु मर्न नपरोस भन्ने उदेश्यका साथ पूर्व तयारी अनुरुप कम प्रयोजनमा रहेका अक्सिजन सिलिन्डरहरु संकलन गरी अत्यावश्य भएका अस्पतालहरुसंग सहकार्य गर्दै प्रयोग गरिने जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताए । अन्य कम्पनी तथा व्यक्तिहरुसंग त्यस्ता अक्सिजन सिलिण्डरहरु छन भने अक्सिजन उत्पादन कम्पनिलाई उपलव्ध गराई सहयोग गरिदिनुहुन समेत उनले आग्रह गरे । कालि गण्डकी अक्सिजन प्रालिलाई प्रशासनले २ वटा सिओ टु (कार्वोण्डाई अक्साइडको ग्याँस सिलिण्डर सहित ४४ जना अक्सिजनका ग्याँस सिलिण्डर उपलब्ध गराएको कम्पनीका निर्देशक कालीदास बरालले बताए । हाल आफ्नो कम्पनीमा करिब ३ सय वटा अक्सिजनका ग्याँस सिलिण्डर स्टक रहेको उनले बताए । कम्पनीमा करिब २ हजार ५ सय वटा अक्सिजन ग्याँस सिलिण्डर उपलब्ध भएकोमा अधिकांश हाल अस्पताल तथा विभिन्न कम्पनीहरुमा लगिएको निर्देशक बरालले जनाए ।

त्यसै गरी पोखरा अक्सिजन प्रालिलाई प्रशासनले ६९ वटा अक्सिजन ग्याँस सिलिण्डर उपलब्ध गराएको प्रालि.का निर्देश विनोद कायस्थले बताए । प्रहरी प्रशासनले संकलन गरेको अक्सिजन ग्याँस सिलिण्डर थप पुनः कम्पनीमा प्राप्त हुने उनले जनाए । आफुहरुसंग भएको १ हजार ६ सय अक्सिजन ग्याँस सिलिण्डर मध्य हाल आफुहरुसंग प्रशासनले दिएको बाहेक एउटा पनि स्टक नभएको निर्देशक कायस्थले जनाए । कम्पनीमासंग भएका ग्याँस सिलिण्डरहरु विभिन्न अस्पताल सहित कम्पनीहरुमा पुगेकोले मानव स्वास्थ्यको लागि हाल अक्सिजन ग्याँस आवश्यक भएकोले मानव बचाउने अभियानमा केही समयको लागि ग्याँस सिलिण्डर उपलब्ध गराउन कायस्थले आव्हान समेत गरेका छन्। पोखरामा पोखरा अक्सिजन र काली गण्डकी अक्सिजन यी दुई कम्पनीले पोखरा क्षेत्रमा आवश्यक पर्ने जति पनि अक्सिजन ग्याँस उत्पादन गर्ने दाबी गर्दै आएका छन्।

पोखरा ३ का वडा अध्यक्ष रविन्सन प्रजु सहितको टोलीले बजारमा अक्सिजन ग्उाँस सिलिण्डर प्रहरीको समेत सहायतामा संकलन गर्दै । 

 

 

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *