डि.एन.बी.
पोखरा २४, वैशाख
गण्डकी प्रदेशको राजधानि पोखरामा हालसम्मकै सवै भन्दा धेरै कोरोना शंक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार पछिल्लो २४ घण्टामा सार्वजनिक गरेको सू्चनाको आधारमा पोखरामा हालसम्मकै बढी ८ सय ३८ जनामा कोरोना शंक्रमण भएको पुष्टि गरेको हो ।
शुक्रबार पोखरामा ८ सय ३८ जना सहित कास्कीमा मा ८ सय ५६ जनामा कोरोना शंक्रमण देखा परेको निर्देशनालयले जनाएको छ । कास्कीका चार गाँउपालिकामै कोरोनाको श.क्राण्मा देखा परेको छ । अन्नपुर्ण गाउँपालिकामा ४, माछापुच्छ«ेमा १, मादीमा ९ र रुपा गाउँपालिकामा ४ जनामा कोरोना शंक्रमण देखा परेको हो । कास्की सहित प्रदेशमा पछिल्लो चौबिस घण्टामा हालसम्मकै सवै भन्दा धेरै १ हजार ३ सय ९६ जनामा कोरोना पुष्टि भएको हो । यो सङख्या प्रदेशको पनि हालसम्मकै कोरोनाको उच्च वा नयाँ रेकर्ड हो ।
नवलपरासी पूर्वमा ५४ जना, स्याङजामा ५९ जना, बागलुङमा ५३, तनहुँ ६१, लमजुङ २८, गोर्खा ६०, पर्वत १ सय ६७, म्याग्दी ५६, मुस्ताङमा २ र मनाङमा पछिल्लो २४ घण्टामा कुनै व्यत्तिमा कोरोना शंक्रमण देखा परेको छैन्। पछिल्लो समयमा गण्डकी प्रदेशमा कास्की सहित अन्य जिल्लामा गरी ७ जनाको मृत्यु भएको निर्देशनालयका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जनाए ।
प्रदेशमा हालसम्म २ सय ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । प्रदेशमा हालसम्म १ लाख ५१ हजार ८ सय ९६ जनामा कोरोना परिक्षण गर्दा २२ हजार २ सय ५६ जनामा कोरोना शंक्रमण पुष्टि भएको हो भने हालसम्म १७ हजार ३ सय ८८ जना कोरोना शंक्रमण भई निको भएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हाल ४ हजार ६ सय २० जना सक्रिय कोरोनाका बिरामी रहेका छन्।
कास्कीमा मात्र हालसम्म कोरोनाबाट १ सय ३० जनाको मृत्यु भएको छ भने हाल १ हजार ३ सय १५ जना सक्रिय कोरोना शंक्रमितका बिरामी रहेका छन्। कास्कीमा हालसम्म १० हजार १ सय ३६ जनाका कोरोना पुष्टि भएको छ भने ८ हजार ६ सय ९१ जनाका कोरोना शंक्रमितको निको भएको निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
।