ताजा खबर

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङमा कोरोना शंक्रमण

डि.एन.बी.
पोखरा २२, वैशाख

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई कोरोना शंक्रमण भएको छ । प्रदेशको शंक्रमण तथा सरुवा रोग अस्पतालको निगरानी गर्न लेखनाथ पुगेका मुख्यमन्त्रीको टाउको र शारीर दुःखेको कारण एन्टिजेन परीक्षण गराएकोमा पोजेटिभ आएसंगै पुन पिसिआर समेत परिक्षण गर्दा उनमा कोरोना शंक्रमण(पोजेटिभ रिपोर्ट) आएको अस्पतालले जनाएको छ ।

मुख्यमन्त्री गुरुङको स्वास्थ्य अबस्था भने सामान्य रहेको तर उहाँबाट अन्य व्यक्तिलाई सार्न सक्ने अबस्था भने उच्च जोखिम भएको अस्पतालका प्रमुख डा. विकास गौचनले एटुजेटलाई बताए ।

मुख्यमन्त्री गुरुङ कम्तिमा एक हप्ता देखि १० दिनसम्म बाहिर हिडडुल नगर्दा राम्रो हुने आफुहरुले सुझाव दिएको उनले बताए । मुख्यमन्त्री गुरुङको सिटि भ्यालु भने १७÷१८÷१८ रहेको गौचनको भनाई छ ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *